Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

निर्वाचनलाई मध्यनजर गर्दै सिमामा तालिम प्राप्त कुकुर परिचालन

spot_img
spot_img

वीरगंज । पर्सामा निर्वाचनको माहोल तातिएसंगै सुरक्षा व्यवस्था कडा पारिएको छ । आसन्न निर्वाचन नजिकीदै गर्दा सिमानाका खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरुलाई कडाईका साथ चेकजांच गरिरहेका छन् । जिल्ला प्रहरी कार्यलय पर्साले सिमाक्षेत्रमा तालिम प्राप्त कुकुरको प्रयोग गरि सिमानाकामा निगरानी बढाएको छ ।

आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकीदै गर्दा पर्सा जिल्ला नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने अपाराधिक गतिविधिहरुलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगंजको सिमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने भन्दै वीरगंज–रक्सौल सिमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।

अति व्यस्त नाका भएर मोटसाईकल, गाडी ट्रक लगायतका गरी दैनिक ३ हजार देखि ४ हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छन । ५ देखि ६ हजारको संख्यामा मानिसहरु दैनिक ओहोर दोहोर गर्ने गरेको छ । नेपाल–भारत सिमानाका खुल्ला भएको हुँदा खास गरि सिमाक्षेत्रमा अपाराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुल्ला सिमाको फाईदा उठाउदै अपाराधीहरुलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यलय पर्साले वीरगंज–रक्सौल सिमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार पर्साका सम्पूर्ण सानाठूला नाकाहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको बेला मतदाताहरुलाई डराउने र निर्वाचन विथोल्ने गिरोहहरु सक्रिय हुनसक्ने भन्दै सिमाक्षेत्रमा सुरक्षाकर्मीहरुसहित तालिम प्राप्त कुकुर परिचालन गरिएको वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्षी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतिय समकक्षीहरुसंग समन्वय गरेर सिमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजांच, गस्तीको साथै जिल्ला भरि तालिम प्राप्त कुकर परिचालन भईरहेको बताए ।

उनले पर्सा जिल्लामा भरिका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु खट्ने कार्य सुरु भईसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । पर्सा जिल्लामा आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अवधीभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि कुल ४५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...