Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

मुख्यमन्त्रीकाे विकल्प खाेज्दै पर्सा क्षेत्र नं. १ (२) काे जनता

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ को (२) बाट उमेदवारी दिएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीकाे विकल्प यस क्षेत्रका जनता खाेज्न थालेका छन् ।  पुन: प्रदेशसभा सदस्यमा एमाले-जसपा गठबन्धनबाट मुख्यमन्त्री गद्दी उम्मेदवार छन् ।

५ दलिय बाम लाेकतान्त्रीक गठबन्धनबाट कांग्रेसका रामनारायण कुर्मी, हाम्राे नेपाल पार्टीबाट ओमप्रकाश सर्राफ, स्वतन्त्र सशिकपुर मियाँ लगायतका उम्मेदवार छन् । विपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार, अनियमितता र साइकल खरिदमा अख्तियारले दर्ता गरेको मुद्दालाई मुख्य मुद्दा बनाएका छन् ।

अघिल्लो पटक मधेश केन्द्रित दलहरुको गठबन्धनबाट निर्वाचन जितेका गद्दीलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । विपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ ।

मधेश आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेशी जनतालाई दिएको आश्वासन पूरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् । एमालेसंग जनता समाजबादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पाँच वर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी माहोल मख्यमन्त्रीको विपरित बन्दै गएको छ ।

विगतमा मधेशीदलको लागि भोटबैंकको रुपमा रहेको नगवाका अशोक पटेलले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकालेको पनि बनेका सडकहरु पनि कतिपय ठाउँमा एक वर्ष नवित्दै भत्किदै छ ।’ वीरगञ्जलाई मधेशको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्रीमाथि लाग्ने गरेको छ । चुनावी प्रचार प्रसारमा गाउँहरुमा जाँदा ‘नाकाबन्दी वीरगञ्जमा भयो, राजधानी कहाँ बनाउनु भयो ? प्रशन गर्न थालेका छन् । 

यसपाली जनताले मुख्यमन्त्रीको विकल्प रोजि सकेका छन । मुख्यमन्त्री राउतको प्रचार मात्र मिडियामा छ, जनस्तरमा छैन, वीरगन्ज २ छपकैयाकै मोहम्मद सलाउँदीन भने,‘ अब जनतालाई झुक्याउँने अवस्था छैन । जनता सचेत भईसकेका छन, मुख्यमन्त्रीको झाँसामा आउँने वाला छैन हामी विकल्प खोजी सकेका छौ ।

वीरगंज ५ का सुरज पटेल पनि मुख्यमन्त्री आक्रोश व्यक्त गर्दै मधेस र मधेसी संग गद्दारी गरेका मुख्यमन्त्री गद्दीको हार नै मधेस र मधेसीको जित हुनेमा विश्वस्त छन । चुनावी अभियानमा मुख्यमन्त्री गद्दीले आफनो क्षेत्रमा विकास गरेको दावी गरेका छन, उनले भने, ‘ हो मुख्यमन्त्रीले आफनो क्षेत्रमा काम गरेका छन, त्यो काम जनताको लागि होईन आफनो कार्यकर्ताहरुलाई पाल्नको लागि काम गरेका छन ।’

उनले थपे, सडक निर्माण देखि लिएर नाला, भवन, विवाह भवन लगायतको पूर्वाधार निर्माण निर्माण सम्पन्न नहुँदै भत्कीन थालेको छ । कतिपय सडक र नालाहरु ६ महिना सम्म टिकेको छैन, के यही विकास हो ? अब जनता बुझिसकेका छन । विकासको झुठो आवश्वासन दिएर मधेस र मधेसी जनतालाई ठग्न पाईदैन उनले भने । मुख्यमन्त्रीको चुनावी अभियानमा उनका कार्यकर्ता बाहेक स्थानिय एका दुका मात्र हुन्छ । कार्यकर्ताले चुनाव जिताउँने होईन जनताले चुनाव जिताउँने र जनता परिवर्तनको पर्खाईमा छ । र त्यसको जवाफ मंसीर ४ गते हुने चुनावमा जनताले आफनो मतबाट दिने छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...