Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कृषिलाई आधुनिकीकरण गर्न पहल गर्नेछु : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले कृषकहरुको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन् ।

सोमबार वीरगंज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका यादवले पर्साका कृषकहरुको सहजताका निमित्त विचौलिया हटाउँदै कृषि उत्पादन सोझै उपभोक्ताको घरसम्म पुर्याउने योजना ल्याउन आफूले पहल गर्ने बताएका हुन् ।

‘पर्साका कृषकहरु अहिले विचौलियाका कारण हैरान हुनुहुन्छ । उहाँहरुको उत्पादनलाई विचौलियाहरुले कम दरमा खरिद गरेर बजारमा महँगो मूल्यमा बेच्ने गरेका छन् । जसले कृषक र उपभोक्ता दुवैलाई घाटा छ,’ जसपा राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘तर अब त्यस्तो हुँदैन उहाँहरुको उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने किसानको उत्पादन, उपभोक्ताको भान्सा कार्यक्रम चलाउने मेरो योजना छ ।’

यादवले कृषिलाई आधुनिकीकरण गर्न र तालिम प्राप्त जनशक्ति बोलाएर जिल्लाका कृषकहरुको क्षमता अभिवृद्धि गर्ने योजना ल्याउन पनि आफूले पहल गर्ने बताए । छिमेकी मुलुक भारत र चिनले कृषिमा आधुनिकरण गरेर आफ्ना नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको बेला नेपालका कृषक भने पारम्परिक माध्यमबाट नै काम गर्न बाध्य भएको औल्याउँदै यादवले भने, ‘कृषिलाई आधुनिकरण गरेर यहाँ हुने कृषि उपजमा पनि वृद्धि गर्ने म योजनाहरु ल्याउन सरकारसँग पहल गर्छु ।’

कृषकहरुको समृद्धिलेनै पर्सा जिल्लाको समृद्धि हुने बताउँदै यादवले तरकारीजन्य उत्पादनलाई विदेश निर्यात गर्ने व्यवस्था मिलाउने र प्रत्येक वडाका दुध, दही लगायत अन्य उपयुक्त उत्पादनको ब्रान्डीङ्ग गरिने जस्ता योजना ल्याउने पनि आफूले सोच बनाएको बताए ।

घरदैलो कार्यक्रममा जसपा-एमाले गठबन्धनकै तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादवको पनि सहभागिता रहेको थियो । कार्यक्रममा जसपा-एमालेका समर्थकहरुले प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...