Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

लोसपा निकट युवा संगठनका जिल्ला संयोजक जसपा प्रवेश

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा सङ्गठनका जिल्ला इन्चार्जसहित ठूलो युवाको समूहले जनता समाजवादी पार्टी प्रवेश गरेको छ । युवा सङ्गठनका जिल्ला संयोजक रवी सर्राफसहितको समूहले आइतबार जसपा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई पूर्वमन्त्री प्रदीप यादवले फुलमाला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गर्दै सर्राफले देश र जनताको हितका लागि काम गर्ने एक मात्र पार्टी जसपा भएको बताउँदै आफूहरुले दल परिवर्तन गरेको बताए । जसपाले युवाहरुको उचित मूल्याङ्कन गर्दै अगाडि बढाउने भएकोले आफ्नो रोजाईमा जसपा परेको सर्राफको भनाई छ ।

जसपाले युवा नेता प्रदीप यादव जस्ता व्यक्तिलाई मन्त्री बनाएर सम्पूर्ण युवा वर्गको सम्मान गरेकोले जसपा प्रति युवाहरुको आकर्षण बढ्दै गएको सर्राफले बताए । ‘जसपा अन्य पार्टीभन्दा फरक ढङ्गले काम गर्छ । यहाँ युवाहरुको सम्मान हुन्छ,’ सर्राफले भने, ‘युवा उमेरका प्रदीप यादवलाई सङ्घीय मन्त्री बनाएर जसपाले यो कुरा प्रमाणित गरेको छ ।’

सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवलाई आफ्नो पूर्ण समर्थन रहेको बताए । ‘पार्टीमा नहुँदा पनि पूर्वमन्त्री प्रदीप यादवको कामबाट म प्रभावित थिए । उहाँले पर्सा जिल्ला र समग्र मधेशको लागि निरन्तर आवाज उठाएर यहाँको विकासका कुनै कसर बाँकी राख्नु भएको छैन । आज उहाँको हातबाट पार्टी प्रवेश गर्न पाउँदा म निकै उत्साहित छु । आगामी निर्वाचनमा हाम्रो पूर्ण समर्थन उहाँलाई नै हुनेछ,’ सर्राफले थपे ।

पार्टी प्रवेश गराउँदै जसपाको राजनीतिक समितिका सदस्यसमेत रहेका यादवले पनि युवाहरुले जसपा प्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताए । यादवले पछिल्लो समय युवाहरुको प्रथम रोजाईमा पर्दै गएको बताउँदै नवप्रवेशी युवाहरुलाई पार्टीले उचित स्थान दिँदै उनीहरुको मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...