Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन पहल गर्छु : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । जसपा-एमाले गठबन्धनबाट पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले लामो समयदेखि औद्योगिक राजधानी र वीरगंज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउने बताएका छन् ।

शनिबार वीरगंज-२१ स्थित ताजपुरमा घरदैलोकाे क्रममा मतदाताहरुलाई आफ्नो एजेण्डा सुनाउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले वीरगंज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउनुका साथै वीरगंजलाई औद्योगिक राजधानी घोषणा गर्न आफूले पहल गर्ने बताए ।

स्थानीय मतदातासँगको भेटघाट पश्चात आयोजित अनौपचारिक कार्यक्रमका क्रममा यादवले नेपालको सबैभन्दा महत्वपूर्ण उद्योग भएको क्षेत्र औद्योगिक करिडोर घोषणा नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै यादवले भने, ‘सबैले वीरगंजलाई आर्थिक राजधानी बनाउने, वीरगंज-पथलैया क्षेत्रलाई उद्योगीक करिडोर घोषणा गराउँछु भनेर जान्छन तर काम कसैलेपनि गर्दैन । तर, यसपटक म सांसदका रुपमा निर्वाचित भएर गए पाँच वर्षभित्रमा जसरी पनि यसको क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउँछु ।’

यस क्षेत्रलाई उद्योगीकहरुले वर्षौदेखि औद्योगिक करिडोरको माग गर्दै आएका छन् ।

त्यस्तै यादवले यस औद्योगिक क्षेत्रमा रहेका उद्योगी र व्यवसायीले भोगिरहेको सुरक्षा चुनौतिको विषयलाई पनि आफूले जोडदार तरिकाले उठाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यहाँका उद्योगहरु सुरक्षित छैनन्, राज्यले प्रदान गर्ने सुरक्षा संयन्त्र अपुग छ । अब त्यस्तो हुँदैन । उद्योगीकहरुको सुरक्षाका लागि म पहल गर्छु । पर्यो भने सदन मात्र होइन सडकमा पनि आएर देखाउँछु ।’

घरदैलो कार्यक्रममा नेकपा-एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव, जसपा तथा एमालेका कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...