Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

जितकाे सुनिश्चितता देखेर विपक्षिहरु आतिए : सिंगासन सा

spot_img
spot_img

वीरगंज । बिकास नै मेरो जितको एक मात्र सुत्र रहेको नेता सिंगासन सा. कलवारले बताएका छन् । निर्वाचन निकिदै जादा प्रचार प्रसार एवं घरदौलो कार्यक्रम तिव्र पारेका नेता कलवारले आफुले क्षेत्रमा बिकासको बाढी ल्याई दिएको कारण जनता आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा आयोजित रात्रि कोणसभाप सम्बाेधन गर्दै नेता कलवारले आफ्नो जित सुश्निचित भएको देखेपछि बिपक्षीहरु आतिएको तथा बिभिन्न हतकण्डाहरु अपनाई रहेको आरोप लगाए ।

जनतासँग भोट माग्न जाँदा जनता विकास हरेर निकै प्रभावित रहेको कारण यसपालीको निर्वाचनमा कुनै बंशवाद, रुपैयावाद लौवडा नाच, दारुमासले काम नगर्ने नेता कलवारले दावी गरे ।

एमाले-जसपा गठबन्धनबाट पर्साको निर्वाचन क्षेत्र नं. ४ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार रहेका नेता कलवारले यसपट क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सहित प्रदेश सभा सदस्यको दुवै पद जसपा– एमाले गठबन्धनले जितने ठोकुवा गरे ।

कलवारले आफ्नो कार्यकालमै क्षेत्र नं. ४ को २ लाई सदमुकामसँग सडक बाटो जोडेको तथा भारत भएर बीरगंज पुग्ने समस्याको अन्त गरेको बताए । इलाकाको सबै नदीहरुमा पुग बनेको तथा सडक सञ्जालले क्षेत्रको हरके गाउँलाई जोडेने काम गरेको दावी गर्दै नेता कलवारले यस पटक जनताले विकासमा मोहर लगाउँने बताए ।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वधार विकास, सडक लगायत हरेक क्षेत्रको विकासमा मैले योगदान पु¥याएको कारण हरेक बर्गले मलाई भोट दिने नेता कलवारको भनाई छ ।

उनले आफुनो जित भारी मतान्तरले हुने हुँदा मेरो टक्करमा यस पटक कोही नरहेको बताए । गठबन्धनलाई कमजोर पार्न केही स्यालहरु लागेको भएपनि आफ्नो जित सुनिश्चित रहेको नेता कलवारले दावी गरे ।  

गणेश राउत अहिरको अध्यक्षतामा भएकाे एमाले-जसपा गठबन्धनका संयुक्त काेण सभामा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँ, नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य बलिराम साह लगायतका नेताहरुले सम्बाेधन गरेका थिए भने कार्यक्रमकाे संचालन जसपाका सचिन सिंहले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...