Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजकाे विकासका लागि धेरै काम गरेको छु : मुख्यमन्त्री राउत

spot_img
spot_img

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री एवम् प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे २ का उम्मेदवार लालबाबु राउतले मधेस सरकारले विभिन्न बाधा र अवरोधका बाबजुद पनि मधेसका जनताको पक्षमा ठोस काम गर्न सफल भएको दाबी गरेका छन् ।

बीरगंज महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मनवा, नयाँबस्ती, भेडीयाही, भिषुवा, कृष्ण प्रणामी टोल, डिभाईन एरिया टोल लगायतका क्षेत्रमा शुक्रबार स्थानीय मतदाताहरूसँग भेटघाट तथा घरदैलो गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने बताए ।

उनले मधेसमा विद्यमान दाइजो प्रथाको अन्त्य गर्न छोरीलाई शिक्षा दिनुपर्ने कुरालाई जोड दिँदै बेटी पढाऊ बेटी बचाउ, छोरी बिमा कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रमले गरिब र विपन्न वर्गका छोरीहरूलाई विद्यालय पुग्न सहज वातावरण बनाएको बताए ।

 मुख्यमन्त्री राउतले बीरगंजकाे विकासका लागि धेरै काम गरेको हुँदा बीरगंजवासीले त्यसलाई नबिर्सिने बिश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

काम नसकिँदै अस्पताल उद्घाटन गर्न खोज्दा फेटामा किन चल्यो गोली ?

वीरगंज । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपका...

सिर्सिया नदी संरक्षणका लागि पाँचबुँदे निर्णय, उद्योगको रासायनिक फोहोर रोक्न कडाइ

वीरगंज । बढ्दो औद्योगिक तथा सहरी प्रदूषणले प्रभावित सिर्सिया नदीको संरक्षण र दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा...

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...