Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजकाे विकासका लागि धेरै काम गरेको छु : मुख्यमन्त्री राउत

spot_img
spot_img

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री एवम् प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे २ का उम्मेदवार लालबाबु राउतले मधेस सरकारले विभिन्न बाधा र अवरोधका बाबजुद पनि मधेसका जनताको पक्षमा ठोस काम गर्न सफल भएको दाबी गरेका छन् ।

बीरगंज महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मनवा, नयाँबस्ती, भेडीयाही, भिषुवा, कृष्ण प्रणामी टोल, डिभाईन एरिया टोल लगायतका क्षेत्रमा शुक्रबार स्थानीय मतदाताहरूसँग भेटघाट तथा घरदैलो गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने बताए ।

उनले मधेसमा विद्यमान दाइजो प्रथाको अन्त्य गर्न छोरीलाई शिक्षा दिनुपर्ने कुरालाई जोड दिँदै बेटी पढाऊ बेटी बचाउ, छोरी बिमा कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रमले गरिब र विपन्न वर्गका छोरीहरूलाई विद्यालय पुग्न सहज वातावरण बनाएको बताए ।

 मुख्यमन्त्री राउतले बीरगंजकाे विकासका लागि धेरै काम गरेको हुँदा बीरगंजवासीले त्यसलाई नबिर्सिने बिश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...