Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

‘पाँच वर्षभित्र क्षेत्रलाई कच्ची सडकमुक्त बनाउँछु’ : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले आगामी पाँच वर्ष भित्र आफ्नो निर्वाचन क्षेत्रलाई कच्ची सडक मुक्त बनाउने बताएका छन् ।

शुक्रबार वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ स्थित सोलखपुर र कोनिया टोलमा घरदैलोका क्रममा मतदाताहरुसंग कुराकानी गर्दै यादवले आगामी पाँच वर्षमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण रुपले कच्ची सडकलाई विस्थापित गर्दै पक्की नालासहितको सडक निर्माण गर्ने बताएका हुन् ।

आफ्नो पाँच वर्षको कार्यक्रलामा रणनैतिक सडक, संसदीय विकास कोष र विभिन्न मन्त्रालय मार्फत योजनाहरु ल्याएर क्षेत्रका अधिकतम सडकलाई पक्की बनाएको दावी गर्दै यादवले भने, ‘वीरगंजलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु । बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सडक सञ्जालको विकासले ग्रामिण क्षेत्रका कृषिकको उत्पादन सहजै बजारसम्म पुग्ने, शिक्षा र रोजगारका लागि दैनिक रुपमा गाउँबाट शहर आउनेहरुलाई सहजता हुने भएकोले कच्ची सडकलाई प्राथमिकताका साथ पक्की बनाउन आफू लाग्ने यादवले बताए ।

‘सडक सञ्जाल राम्रोसँग विकास नहुँदा ग्रामिण भेगका कृषकहरुले उत्पादन गर्ने तरकारी, दुधलगायतका बस्तु समयमा बजार नपुग्दा उहाँहरुलाई सधै घाटा हुन्छ । त्यसमाथि कच्ची सडकमा दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ,’ पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘त्यस्तै शिक्षा र रोजगारका लागि दैनिक गाउँबाट आउनेहरुलाई सडक नहुँदा धेरै पिडा भोग्नु परेको हुन्छ । त्यसैले सबै सडकहरुलाई पूर्ण रुपले पक्की बनाउनु मेरो प्राथमिकता हो र आगामी पाँच वर्षमा म यो गरेर देखाउँछु ।’

घरदैलो कार्यक्रमका दौरान ठाउँठाउँमा स्थानीयहरुले यादवलाई स्वागत पनि गरेका थिए भने ‘प्रदीप यादव जिन्दावाद’, ‘छाता छाप जिन्दावाद’, ‘छाता छापमा मतदान गरौँ’, ‘प्रदीप यादवलाई मतदान गरौँ’ जस्ता नारा पनि लगाएका थिए ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...