Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

उम्मेदवार पटेलद्वारा कलैयाको विभिन्न वडाहरुमा घरदैलो

spot_img
spot_img

परवानीपुर । बारा क्षेत्र नम्वर ३ काे (२) का जनमत पार्टीका उम्मेदवार सन्तोष पटेलले बिहिबार कलैयाको विभिन्न वडाहरुमा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् ।

उनले घरदैलोमा स्थानीय मतदाताले विगतमा परिक्षण भइसकेकाहरुबाट आफूहरुको क्षेत्र विकास हुन नसकेको भन्दै अब जनमत पार्टीलाई नै मतदान गरेर विजयी गराउने प्रतिबद्धता जनाएकाे वताए । घरदैलोमा पुगेका नेता पटेललाई मतदाताले फुलमाला लगाएर स्वागत गर्दै आफ्ना समस्याहरु पनि सुनाएका थिए ।

जवाफमा पटेलले आफूले यस क्षेत्रको विकास र यहाँका नागरिकको जनजीविकाका लागि दृढ संकल्प लिएर हिँडेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर लागि पर्ने बताए । अहिले देशले नै परिवर्तन खोजिरहेको भन्दै उनले त्यसका लागि जनमत पार्टीका उम्मेदवारलाई जिताएर पठाउनु आवश्यक रहेको बताए ।

उनले जनताले ठुला पार्टीहरुलाई धेरैचोटी अवसर दिएर दु:ख पाईसकेको हुनाले अब जनताकाे एक मात्र विश्वासिलो पार्टी जनमत पार्टी भएकोले आफनो जीत समपूर्ण जनताकाे जीत हुने बताए । घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्नीय उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...