Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

स्वतन्त्र पार्टीका पर्सा ३ का उम्मेदवार कडेलकाे २० बुंदे बाचा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशाेक कडेलले २० बुंदे बाचा पत्र सार्वजनिक गरेका छन् । उम्मेदवार कडेलले बिहिबार एक कार्यक्रमका बिच पार्टीकाे तर्फबाट बाचा पत्र सार्वजनिक गर्दै चुनाव चिन्ह घण्टी छापमा मतदान गरी विजयी बनाउन आग्रह गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय वाचापत्र बमोजिम यो देश र यहाँका नागरिकका हितमा काम गर्ने, पर्सा क्षेत्र नं. ३ का नागरिकका जन गुनासाहरू सुन्न र ती समस्याहरू समाधान गर्न तथा नागरिक र जनप्रतिनिधि बीचको सम्बन्ध सुमधुर बनाउन सबै पालिकामा संघीय संसदको सम्पर्क कार्यालय स्थापना गर्ने, हरेक वडामा एक बहुआयामिक कृषि प्रबर्द्धन केन्द्रको स्थापना गरि सोहि केन्द्रमार्फत उत्पादनमा आधारित सरकारी अनुदान प्रदान गर्ने, उत्पादन लागत घटाउन सहुलिएतपूर्ण ट्याक्टर, थ्रेसर लगाएत कृषि यन्त्र उपकरण उपलब्ध गराउने, मल, विउ विजन, समयमा उपलब्ध गराउने, उत्पादित वस्तुको बजारिकरणमा सहजिकरण गर्ने, सामूहिक र चक्लावन्दि खेती प्रणालीलाई प्रवर्द्धन गर्ने उनले जारी गरेकाे बाचा पत्रमा उल्लेख छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्मार्ट एडुकेशन सिस्टम अन्तर्गत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने, प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिने, हरेक वर्ष एक पालिकाबाट उत्कृष्ट १० शिक्षकलाई क्षेत्रिय सम्मान सहित पुरस्कृत गरिने, एसईईमा ए प्लस ल्याएका विद्यार्थीलाई विशेष सम्मान प्रदान गर्ने, शैक्षिक ग्रेड औपत आएका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि शुल्क छुटको व्यवस्था गर्ने, एक वार्ड कम्तीमा एक अंग्रेजी ग्भरमेन्ट स्कुलकाे अवधारणालाई कार्यान्वयन गराई आधारभुत तहदेखि नै अंग्रेजी माध्यमको पठन पाठनको सुरुवात प्रविधिमैत्री शिक्षण सिकाईको व्यस्थापनसहित विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम संचालन गर्न लगायतका बाचा उम्मेदवार कडेलले गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...