Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सेवाको मौका दिए, शिर ठाडो हुने गरि काम गर्छु : उम्मेदवार सर्राफ

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ‘लौरो’ अभियन्ता ओमप्रकाश सर्राफले सौन्दर्यीकरणको नाममा धर्म, सँस्कृत्तिमाथि प्रहार भएको आरोप लगाएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत वीरगंज महानगरपालका वडा नं. १६ मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार सर्राफले वीरगंजको नगवा पोखरी मात्रै हाइन, मधेश प्रदेशकै पोखरीहरुलाई सौन्दर्यीकरणको नाममा हाम्रो धर्ममाथि प्रहार भएको आरोप लगाए ।

पोखरीको मौलिकता हुन्छ, त्यो अहिले हराएको छ, ठूलठूला पोखरी साँघुरिएको छ, अलपत्र अवस्थामा छ, यसप्रति पनि हाम्रो ध्यान जान आवश्यक रहेको भन्दै त्यस्ता अलपत्र पोखरीहरु अहिले लागु औषध दुव्र्यसनीको केन्द्रविन्दु बनेको छ, यस्तो अवस्था सृजना गर्नेहरुसँग बचेर आफ्नो अमूल्य मतदान गर्न आग्रह गरे ।

पर्साको क्षेत्र नंं. १ (२) मा ३ जना उम्मेदवार छन्, जसमा एकजना आफू रहेको भन्दै बाँकी दुईजना उम्मेदवार छन्, उनीहरुको चरित्र, लगानी हेर्नु अनि मूल्याँकन गर्नु, यदि म योग्य छु भने मलाई चुन्नुस्, एक पटक सेवाको मौका दिनुस्, शिर ठाडो हुने गरि काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनले भने ‘देशले नै मलाई मूल्याँकन गरेको छ । ‘हिरा अफ मधेश’ बाट मलाई सम्मानित गरिएको छ, त्यो मेरो लागि मात्रै होइन, सम्पूर्ण मधेशको गर्वान्वितको कुरा हो’, देशले मलाई सम्मान गरेको छ तर अब यहाँका सर्वसाधारणहरुले आशिर्वाद दिनुपर्ने बेला आएको भने । ‘अब मलाई यहाँका नागरिकहरुले मूल्याँकन गर्नु पर्ने बेला आएको छ, विश्वास दिलाउन चाहन्छ, कि कहिलेपनि शिर झुक्ने काम गर्दैन’ ।

जुन किसिमको मुख्यमन्त्रीको अवस्था आएको छ, त्यो अवस्था आयो भने आफू आत्महत्या गर्ने तर यस्तो अवस्था आउन नदिने विश्वास व्यक्त गरे । देशमा परिवर्तनको लहर जागेको छ, एक पटक आफूलाई मौका दिनुपर्ने भन्दै परिवर्तनको नमुना यही क्षेत्रबाट शुरुवात गर्ने भन्दै सर्राफले यस क्षेत्रको विकासको लागि आफूसँग ठोस योजना रहेको दाबी गरे ।

हामीलाई सधैं भोट बैंकको रुपमा प्रयोग गरिएको छ, मात्रै निर्वाचनको बखत आउने, भोट माग्ने, त्यसपछि ५ वर्ष मुख पनि नदेखाउने नेताहरुसँग समेत हुनुपर्ने बेला आएको बताए । वीरगंजको लागि मात्रै नभई पुरै मधेशको लागि आफूसँग एक एक योजना रहेको दाबी गर्दै उम्मेदवार सर्राफले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमा कसरी सुधार ल्याउन सकिन्छ भन्नेबारे आफूसँग ठोस् योजना रहेको बताए ।

यहाँ सर्वसाधारण गरिब, निमुखा परिवारको स्वास्थ्यसँग पनि खेलवाड गरिएको छ, गरिबहरुले सेवा पाउने नारायणी अस्पतालमा राजनीतिकरण भएको छ, यसको सुधार हुनुपर्छ, आफू पदमा नहुँदा सुधारको लागि ५ वर्षसम्म संघर्ष गरेको उदाहारण स्मरण गराउँदै सर्राफले आफू विजयी भए प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सेवा लिन आउनेहरुको संख्या बढ्ने गरि सुधार गर्ने दाबी गरे ।

उनले शिक्षाको अवस्था पनि दयनीय छ, गरिब परिववारका छोराछोरीहरु पैसा अभावमा अध्ययन गर्न पाएका छैनन्, त्यस्ताको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी विद्यालयको स्तरोन्नति गरि प्राइभेट स्कुल छाडेर सरकारीमा बालबालिकाहरु भर्ना गर्न लाइन लाग्नुपर्ने अवस्था ल्याउने दाबी गरे ।

विगत लामो समयदेखि अलपत्र रहेको नगवा कृषि बजारलाई पनि निर्माण गर्ने प्रतिबद्धता जनाए । यस क्षेत्रमा दाह सँस्कार गर्नका लागि पनि व्यवस्थित ठाउँ छैन, त्यो सबैभन्दा पहलो योजना रहेको बताए ।

एक वर्ष भित्र यस क्षेत्रका महिलाहरुलाई साक्षर बनाउने आफूसँग ठोस् योजना रहेको भन्दै युवाहरुको लागि प्राविधिक शिक्षा तथा सिपमुलक तालिमको निःशुल्क व्यवस्था गर्ने बताए । आफू पदमा नभएको बखत नगवा स्कुलमा कम्प्युटर ल्याब स्थापना गर्न आफूले पहल गरेकोस्मरण गराउँदै यस क्षेत्रबाट विजयी भए सम्पूर्ण विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने दाबी गरे ।

आफ्नो क्षेत्रमा पर्ने ९ वटा वडाका युवाहरुलाई प्रत्येक वर्ष १ हजारको दरले ५ वर्षमा ५ हजार बेरोजगार युवाहरुलाई निःशुल्क सिपमुलक तालिम दिइनेछ भन्दै लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्नुका साथै सुधार गरि सिप सिकाई आत्मनिर्भर गराउने जस्ता सोच र भिजनको साथ अगाडि बढेको सर्राफको दाबी छ ।

दिन प्रतिदिन बढ्दै गएको प्राविधिक युगलाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्मको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले डिजिटर टेक्नलोजीको माध्यमबाट युवाहरुलाई जोड्ने आफ्नो योजना रहेको भन्दै स्वदेशमा उत्पादन गरिएको सामान विदेशमा कसरी पु¥याउन सकिन्छ, आफ्नो व्यापार बसी बसी देश विदेशसम्म कसरी पु¥याउनका लागि पनि आफूले कार्य गरि रहेको बताए । अन्य उम्मेदवारसँग पैसा छ, तर आफूसँग एजेण्डा, योजना, संघर्ष छ, अब तपाईहरुले मूल्याँकन गर्नुस् र आफूलाई एक पटकको लागि आफ्नो अमूल्य मत दिनुस् भन्दै आग्रह गरे ।

कार्यक्रममा ‘लौरो’ कि समानुपातिक उम्मेदवार गुड्डी जोशी, ग्रीन सिटि सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष प्रकाश खेतान, स्थानीय अगुवा वीरबहादुर चौरसिया लगायत हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...