Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजलाई शैक्षिक हव बनाउन अवाज उठाउँछु : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले शिक्षा क्षेत्रमा सुधार गर्दै पर्सावासीलाई समृद्धि तर्फ अगाडी बढाउनु आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।

बिहिबार वीरगंज महानगरपालिकाको वडा नम्बर १८ को सौराह र वडा नम्बर २० को अपौनीमा घरदैलो गर्दै जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार यादवले विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण कडी शिक्षा भएको बताउँदै यस क्षेत्रको सुधार आफ्नो प्रमुख एजेण्डा भएको बताए ।

वर्तमान शैक्षिक प्रणालीमा सुधार गर्न आजको आवश्यकता भएको बताउँदै यादवले भने, ‘शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक प्रणालीको सुदृढीकरणक, प्राविधिक शिक्षामा जोड र वीरगंजमा प्राविधिक शैक्षिक संस्थाको स्थापना र कृषि तथा ईन्जिनियरिङ्ग कलेजको स्थापनाका लागि पहल गर्छु ।’

संसदका रुपमा निर्वाचित भए पश्चात वीरगंजलाई शिक्षाको हवका रुपमा विकास गर्न राष्ट्रिय र अन्तराष्ट्रिय लगानी भित्र्याउने वातावरण सृजना गर्नका निमित्त सदन मार्फत आवाज उठाउन उनले प्रतिवद्धता व्यक्त गरे । ‘छिमेकी मुलकहरु भारत, बङ्गलादेश, चिन आज शिक्षाको हवका रुपमा चिनिन्छन् तर नेपालले त्यस्तो गर्न सकेको छैन । वीरगंजलाई शिक्षाको हवका रुपमा विकास गर्न म पहल गर्छु । जसले यहाँ लगानी त भित्रिन्छ नै, यहाँका स्थानीयहरुका लागि अन्य अवसरहरु पनि सृजना हुन्छन्,’ पूर्वमन्त्री समेत रहेका यादवले भने ।

त्यसैगरी यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शैक्षिक क्षेत्रमा हुने बन्द हड्ताल र अवाञ्छित गतिविधिलाई निरुत्साहित पार्दै शैक्षिक क्षेत्रको विकृति र भ्रष्टचारलाई निर्मुल पार्न पनि आफूले काम गर्ने बताए ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका नेताहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । घरदैलोका क्रममा यादवका समर्थकहरुले प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...