Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सिमानाकाका दुई देशका प्रहरी बीच छलफल

spot_img
spot_img

वीरगंज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिमानाकाकाे सुरक्षा व्यवस्थाकाे बिषयमा दुई देशका सिमा प्रहरी बिच बिहिबार वीरगंज छलफल तथा समन्वय बैठक सम्पन्न भएकाे छ ।

वडा प्रहरी कार्यालय विर्ता अन्तर्गतका वीरगंज महानगरको मुख्य सिमा प्रहरी कार्यालयहरु र भारत विहार राज्य, रक्सौल सिमाका प्रहरी कार्यालयका प्रतिनिधिहरुविच छलफल तथा परिचय कार्यक्रम सम्पन्न भएकाे वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले वताए ।

वडा प्रहरी कार्यालय विर्तामा भएकाे बैठकमा सिमानाकाहरुको सुरक्षा लगायत दुवै देशका प्रहरीहरुबीच सहयोग आदान-प्रदान र सिमा अपराध नियन्त्रण गर्ने विषयमा छलफल भएकाे प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

उक्त छलफलमा प्रहरी निरीक्षक मल्लको नेतृत्वमा मातहतका सिमा प्रहरी चौकी नगवा, इनर्वा, छपकैया, सिर्सिया, इनर्वागाँउ र भारत विहार राज्य, रक्सौल प्रहरी कार्यालयका तर्फबाट सब डिभिजन पाेलिस अफिसर रक्साैलका (एएसपि) श्रीचन्द्र प्रकाश (आइपिएस) को नेतृत्वमा रक्सौल, अदापुर, महुवा, हरपुर, भेलही र हरैया थानाका थाना प्रभारीहरुको सहभागिता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...