Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेशसभा पर्सा क्षेत्र नं. २ काे २ मा रमेश कुर्मीकाे जनसमर्थन बढदै

spot_img
spot_img

वीरगंज ।  वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । लोसपा वीरगंज महानगर अध्यक्ष शेख फिरोजको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 

नेकपा एमाले वडा इकाइ कमिटीका अध्यक्ष सम्सेरिन मंसुरीको नेतृत्वमा ५० जना लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अविर र माला लगाउँदै पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले स्वागत गरेका थिए । 

पार्टीमा स्वागत गर्दै कुर्मीले समयमै सही दिशामा आएको भन्दै सह्राना गरे । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका कुर्मीले लोसपा नै मधेशी समुदायको साझा पार्टी भएको जिकिर गरे । सिमान्तकृत समुदायका आवाजहरुको प्रतिनिधित्व लोसपाले नै गर्ने बताउँदै उनले अबको निर्वाचनमा लोसपाले राम्रो स्थान पाउने दावी गरे । 

लोसपाप्रति जनताको विश्वास रहेको बताउँदै उनले पुनः सत्ता गठबन्धनकै सरकार बन्ने बताए । प्रदेशसभा सदस्य हुँदा आफुले आफ्नो क्षेत्रमा गरेका कामकै मुल्यांकन गरेर पुनः आफुलाई मत दिन पनि उनले आग्रह गरेका छन् । 

सो अवसरमा लोसपाका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...