Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सा जिल्ला समृद्धि बनाउने मेरो प्रमुख एजेन्डा हो : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफनो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ३२ मा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै जसपा–एमाले गठबन्नधका उम्मेदवार यादवले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जादा तपाइले मात्रै होइन तपाइका सन्तति पनि दु:ख पाउँछन्, त्यसका कारण सहि उम्मेदवारलाई चुन्नु होला ।’

उनी आफु जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै भने, ‘प्रदीप यादवको जित जसपा र एमाले दुवैको जित हो, प्रदेशसभा सदस्यमा विचारी यादवको जित पनि दुवै पार्टीका कार्यकर्ताको जित हो ।’

पर्सा-१ मा यसअघि चुनाव जितेर सांसद बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै यादवले भने, ‘२०७४ को चुनावमा तपाई जनताकै आशीवार्दले मैले चुनाव जिते, तपाईको जनप्रतिनिधी प्रदीप यादवले जनताको शीर कहिल्यै पनि झुक्न दिएन र आगमी दिनमा पनि झुक्न दिने छैन ।’

तर २०७४ भन्दा पहिले यस क्षेत्रमा जितेका सांसदहरुले के गरे ? सांसदको पाँच वर्षे कार्यकाल कसरी बिताए ? यो सब जनतालाई थाहा नै भएको उनले बताए । यादवले भने, ‘यो क्षेत्रबाट जितेका नेता प्रधानमन्त्री पनि भए, तर उनले के गरे ? एक टिप ग्राभेल पनि यो क्षेत्रको सडकमा खसाएनन्, जितेर गएपछि यो क्षेत्र त के पर्सा जिल्लामै एकपटक पनि फर्किएर आएनन् ।’

यसअघि २०६४ मा सांसदमा जितेका अजय द्विवेदी अहिले फेरि चुनाव लडेको र जनताका माझ भोट माग्न आइरहेको भन्दै यादवले भने, ‘अजय जी अहिले जनताका माझ भोट माग्न आइरहनु भएको छ, अब जनताले अजय जीलाई सोध्नु होला सांसद जितेका बेला यो क्षेत्रमा पाँच वर्षमा के गर्नुभयो ?’

काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदीले आफूलाई काँग्रेसले अन्याय र विभेद गरेको भन्दा अचम्म लाग्ने गरेको यादवले बताए । यादवले भने, ‘हुन त यो काँग्रेसको आन्तरिक मामीला हो, तर द्विवेदीले भ्रम छर्दै हिडेपछि मैले पनि केहि बोल्नु पर्छ नै । बहुदल पछिका चार चुनावमा काँग्रेसले द्विवेदीलाई विभिन्न पदमा टिकट दिएर चुनाव लडायो, २०५१ मा उपमेयर बने, २०६४ मा सांसद बने, २०७० मा सांसदकाे टिकट पाएर हारे, २०७४ मा मेयरको टिकट पाएर हारे, अब तपाई नै भन्नुस् उनि कसरी विभेदमा परे ? यसको जवाफ हुन त काँग्रेस नेता कार्यकर्ताले दिने नै छन् ।

द्विवेदीले सांसदमा जित्दा आफनो क्षेत्रमा सडक बनाउने नाममा माटो र ग्राभेल छरेर झारा टार्ने काम मात्रै भएको यादवले बताए । यादवले भने, ‘तर मैले पाँच वर्षको कार्यकालमा द्विवेदीको जस्तो माटो र ग्राभेल छरेर बजेट पचाउने काम कहिँ गरेको छैन, मैले जहाँजहाँ सडक र नाला बनाएको छु, ती सबै पक्की छन्, कालोपत्रे गरिएका छन्, मेरो कार्यकालमा बनेका सडक र नाला कम्तिमा ५० वर्ष टिक्नेछन्, मैले हरेक वडामा विकास गरेको छु ।’

तीन महिनाका लागि मात्रै मन्त्री बन्दा आफुले ५० वटा भन्दा बढि निर्णयहरु गरेको भन्दै यादवले भने, ‘मन्त्री बने लगत्तै पहिलो निर्णय वीरगंजमा चिडियाखाना स्थापनाको थियो, जुन चिडियाखानाको महत्व अहिले होइन २ वर्ष पछि बनेपछि मात्रै थाहा हुनेछ, यसैका कारण वीरगंजमा आन्तरिक मात्रै नभइ विदेशी पर्यटकहरुको ओइरो लाग्नेछ ।’

चुनावी सभालाई पर्सा १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि सम्बोधन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...