Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

वीरगंज-११ मा जसपा-एमाले गठबन्धनकाे घरदैलो

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिका वडा नम्बर ११ मा बुधबार जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो गरेको छ । जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतले वडा नम्बर ११ को रानीघाट र श्रीपुरमा घरदैलो गर्दै मतदातालाई भेटेर जसपालाई मतदान गर्न आग्रह गरे ।

मतदातासँगको भेटघाटामा प्रतिनिधीसभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री यादवले विकास र जनताको सेवा नै आफनो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने बताए ।

उनले पाँच वर्षको कार्यालयमा आफुले यीनै दुइ वटा एजेण्डामा ध्यान केन्द्रित गरि जनता माझ रहेको र फेरि अवसर पाए यीनै एजेण्डाका साथ अगाडि बढ्ने बताए । मतदाताहरुको गुनासा पनि सुन्दै यादवले भने, ‘म सांसद् बने, त्यसपछि छोटो अवधीका लागि मन्त्री पनि बने, सकेको जति जनताको लागि काम गरे, अब केहि अधुरा कामहरु पनि पुरा गर्नुछ, त्यसका कारण फेरि अवसर दिन तपाईहरुसँग आग्रह गर्छु ।’

आफु पदमा रहँदा होस् वा पदमा नरहँदा होस्, जहिले पनि नेता भन्दा जनताको सेवक बनेर बसेको भन्दै यादवले समृद्ध पर्सा र समृद्ध पर्सावासीको नारालाई आफुले सदैव लिएर अगाडि बढेको र आगामी दिनमा पनि त्यहि अनुसार बढ्ने बताए ।

मधेस र मधेसका जनताको पहचिान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने, ‘नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन्, ती पुरा गराउन फेरि जसपाले अवसर पाउनु पर्छ ।’

चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता थियो । उनीहरुले प्रदीप यादव जिन्दवासी, छाता छाप जिन्दावाद, प्रदीप यादवलाई मतदान गरौँ, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...