Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मुर्लीमा लाैराे उम्मेदवार सर्राफकाे घरदैलाे

spot_img
spot_img

वीरगंज । लौरो चुनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ ‘ख’बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफाले मंगलबार वीरगंज महानगरपालिका वडा नं. १२ मूर्लिमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

लौरो छापमा मतदान गर्न जनतासंग अपिल गर्दै घरदैलो गरेका प्रदेश सभा सदस्यका उम्मेदवार सर्राफले उत्साहजनक युवाको साथ र ज्येष्ठ नागरिकहरुको आशिर्वाद पाएका थिए ।

मधेशको हरेक धर्मसंस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेशमार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले लौरोमा मतदान गरी आफूलाई जिताउन सर्राफले अपिल गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रूपमा रहेका लौरो उम्मेदवार सर्राफले कृषि आधुनिकीकरण, युवाहरूलाई सिप, तालिमसहितको स्वरोजगार लगायतका काम गर्न अवसर दिन मतदातासँग आग्रह गर्दै चुनाव प्रचार गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...