Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जसपाका जिल्ला अध्यक्ष पटेलद्वारा राजीनामा

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीबाट राजीनामा दिएका छन् । जसपाले एमालेसँग गठबन्धन गरेको भन्दै उनले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।

रौतहटको देबाही गोनाही नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका पटेलले अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको बताए ।

एमालेले नागरिकता विधेयक पारित हुन नदिएको र पटक-पटक मधेसी जनतालाई अपमान गरेको भन्दै उनले भने, ‘संविधान संशोधन हुनै दिएन, आज त्यही पार्टीसित जसपाले गठबन्धन गरेको छ । त्यसले पार्टीमा काम गर्न असहज भएकोले राजीनामा दिएको छु ।’

उनले राजिनामा दिएसँगै उनको क्षेत्रमा एमाले–जसपा संगठन्धन कमजोर हुने संकेत देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...