Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरमा कर्मचारीलाई कम्पयुटर सम्बन्धि क्षमता अभिबृद्धी तालिम

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकामा कम्पयुटर सम्बन्धी १५ दिने क्षमता अभिबृद्धी तालिम मंगलबार सम्पन्न भएकाे छ । गाउँ कार्यापालिका कार्यालय पकहा मैनपुरकाे आयाेजनामा भएकाे तालिममा सहभागि २१ जना कर्मचारीहरुलाई प्रमाण पत्र र आवश्यक सामग्रीहरु सहित ल्यापटप पनि बितरण गरिएको हाे ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरफुननेसा र प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदीले सहभागीहरुलाई अबिरको टिका लगाई प्रमाण पत्र र सामग्रीहरु बितरण गरेका थिए । तालिममा गाउँपालिका भरीका वडा सचिवहरु, ५ वटै वडाका उप स्वास्थ्यचौकीका ईन्चार्जहरु तथा पालिकाका बिभन्न शाखाका कर्मचारी गरी २१ जनाको सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत सुबेदीले कार्यालयकाे सेवा प्रवाह प्रविधि मैत्री बनाउन कर्मचारीहरुलाई ल्यापटप वितरण गरिएकाे वताए  । उनले अहिलेकाे डिजिट युगमा कर्मचारीलाई त्यस अनुसार कै सेवा प्रवाह गर्न ल्यापटपले सहयाेग पुग्ने विश्वास समेत व्यक्त गरे ।

गाउँपालिकाकी उपाध्यक्ष सरफुननेसा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता नसुरल्लाह मियाँ, सुजार्हा उप स्वास्थ्य चौकीका ईन्चार्ज रमेश मेहता लगायतले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...