Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सही नेतृत्वकर्तालाई भाेट हाल्न प्रदीप यादवको अनुरोध

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले मतदातासँगको भेट र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

मङ्गलबार बिहान यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को भवानीपूर र इनर्वा टोलका घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा यादवलाई स्थानीयहरुले ठाउँठाउँमा फुलमाला लगाएर स्वागत गर्दै शुभकमना दिएका थिए ।

निवर्तमान वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरे । उनले नेतृत्वमा रहेर जनताको दु:खसुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसदमा पठाउन मतदाताहरुसँग अपिल गर्दै छाता छापमा मतदान गर्न आग्रह गरेका थिए ।

यादवले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन । उहाँहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दु:खसुखमा काम लाग्ने नेतालाई छान्नु हुन्छ । निर्वाचनको समयमा आएर मात्र जनताको घरघर पुग्नेलाई उहाँहरुको मत पर्दैन ।’

यादवले पाँच वर्षसम्म आफूले सांसदका रुपमा सदनमा निरन्तर पर्सावासी र मधेश प्रदेशको हितका लागि आवाज उठाएक स्मरण गराउँदै भने, ‘म अघि पनि पर्सा जिल्लाको प्रतिनिधित्व गर्दै धेरै व्यक्ति संसद भवनसम्म पुग्नु भएको थियो । तर यहाँका जनताका लागि मैले जतिको उहाँहरुले बोल्नु भएको छैन होला । मैले यहाँको सानोभन्दा सानो समस्यालाई पनि संसद भवनमा उठाएर पर्सावासीको समस्यालाई राष्ट्रिय मुद्दा बनाएको छु ।’

घरदैलो कार्यक्रममा जसपा-एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवको पनि सहभागिता रहेको थियो । यादवले पनि जसपा-एमाले गठबन्धन देश र जनताको हितका लागि भएको कारण आफूहरुलाई निर्वाचित गराएर पठाउन आग्रह गरे ।

उनले सत्ताधारी गठबन्धन भ्रष्टचारी र राष्ट्रघाती भएको आरोप लगाउँदै मूलुकको स्वाधिनता जोगाउन जसपा-एमालेको पवित्र गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...