Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बाकी रहेकाे अधुरा काम पुरा गर्न विजयी गराउन मुख्यमन्त्रीकाे आग्रह

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीलाई जिताउँन वीरगंज महानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष एवं नेकपा एमालेका नेता राजकिशोर साहले आफनो वडामा मतदाता हरुसंग भेटघाट तथा छलफल कार्यक्रम गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास निर्माणमा पु¥याएको योगदानको मुल्यांकन गरी आफूलाई जिताउँन मतदाताहरु संग आग्रह गरे । उनले भने “स्थानियको माँग र आवश्यकता अनुसार, सडक, नाला, स्कुल, सामुदायिक भवन, मन्दीर, मस्जिद लगायतको पूर्वाधार विकासका कार्यहरुमा महत्वपूर्ण योगदान पु¥याएको छु, अगामी दिनमा पनि बाँकी रहेको योजना पुरा गराउँनको निम्तीको लागि पनि आफूलाई बिजयी गराउँन छाता छापमा मतदान गरे विजयी गराउन आग्रह गर्छ छुं ।”

कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको उम्मेदवार प्रदीप यादवले पर्सा बासीहरुको हक अधिकार लगायत विकास निमार्ण सम्बन्धमा पटक पटक हाउसमा अवाज उठाएको र कम समयको लागी मन्त्री भएपनि विरगंजमा चिडियाखाना स्थापना गरी ऐतिहासिक काम गरेको बताउँदै वीरगंजकाे विकासको निम्ती आफूलाई बिजय गराउँन मतदातासंग आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य प्रभु हजरा, प्रदेश कमिटी सदस्य नवराज शर्मा, जसपा वीरगंज महानगर अध्यक्ष इशवर चन्द्र यादव लगायत जसपा-एमालेका स्थानिय नेता तथा मतदाताहरुको उल्लेखनिय सहभािगता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

काम नसकिँदै अस्पताल उद्घाटन गर्न खोज्दा फेटामा किन चल्यो गोली ?

वीरगंज । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपका...

सिर्सिया नदी संरक्षणका लागि पाँचबुँदे निर्णय, उद्योगको रासायनिक फोहोर रोक्न कडाइ

वीरगंज । बढ्दो औद्योगिक तथा सहरी प्रदूषणले प्रभावित सिर्सिया नदीको संरक्षण र दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा...

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...