Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

निर्वाचन जित्ने आधार मेरो क्षेत्रका मतदाता हुन् : उम्मेदवार सर्राफ

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ काे ‘२’ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले निर्वाचन जित्ने आधार मेरो क्षेत्रका मतदाता भएको बताएका छन् । सोमबार वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर टोलस्थित घरदैलो कार्यक्रममा घर–घर जन–जनमा भेट गर्दै उम्मेदवार सर्राफले वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासंग अपिल गरेका हुन् ।

हाम्राे नेपाली पार्टीका लाैराे चुनाव चिन्ह लिएर चुनाव लडेका सर्राफले वीरगंजको समग्र विकासको लागि एक पटक आफूलाई जिताउन मतदातासंग आग्रह गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रुपमा रहेका सर्राफले कृषि आधुनिकीकरण, युवाहरुलाई सिप, तालिमसहितको स्वरोजगार लगायतका काम गर्न अवसर दिन मतदातासंग आग्रह गर्दै चुनाव प्रचार गरिरहेका छन् ।

यस क्षेत्रबाट जितेका मुख्यमन्त्रीले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको आराेप लगाउँदै मतदातालाई आफ्नाे चुनाव चिन्ह लाैराे छापमा मतदान गरी आफुलाई विजयी बनाउन आग्रह गरेका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...