Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज १४ का वडाध्यक्षका प्रत्यासी कुर्मी जसपा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रतिको आकर्षण बढ्दै गएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले ५ बर्षको कार्याकालमा क्षेत्र र जनताका लागि गरेका कामबाट प्रभावित भएर अहिले यस क्षेत्रमा अन्य दलका नेता कार्यकर्ताहरु धमाधम पार्टी छाड्दै जसपामा प्रवेश गर्न थालेका छन् ।

शुक्रबार पनि वीरगंजमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका प्रभावशाली नेताहरु आफना कार्यकर्ता सहित जसपामा प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ मा वडा अध्यक्षका प्रत्यासी रहेका राम बालक प्रसाद कुर्मी र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडा नम्बर १८ को वडा सदस्यमा निर्वाचित वीरेन्द्र प्रसाद कुर्मी शुक्रबार जसपामा प्रवेश गरेका हुन् ।

दुवै नेतालाई जसपाका केन्द्रिय राजनीतिक समिति सदस्यसमेत रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले अबीरकाे टिका लगाइ पार्टीमा स्वागत गरेका थिए ।

त्यसक्रममा यादवले जसपामा प्रवेश गर्ने हरेक नेता कार्यकर्तालाई पार्टीले सहि मुल्यांकन गरेर उचित जिम्मेवारी सुम्पने बताए ।परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कुर्मीद्वयको प्रवेशले जसपालाई थप सशक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै यादवले खुशी व्यक्त गरे ।

जसपमा प्रवेश गरेका वडा नम्बर १४ का कुर्मीले संघीयता, विकास र समृद्धिको पक्षधर जसपाले नै मधेसको हित गर्ने भएकाले आफुले जसपा रोजेको बताए ।

यस्तै काँग्रेस त्यागेर जसपा प्रवेश गरेका वडा नम्बर १८ का नेता कुर्मीले पनि मधेसको पहरेदार जसपा नै भएको र जसपाकै कारण मधेसीले पहिचान र अधिकार पाएकाले जसपमा प्रवेश गरेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...