Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

आईसिपी भंसारबाट सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी

spot_img
spot_img

वीरगंज । मुलुक चुनाव केन्द्रित भएकाे बेला वीरगंज नाका भएर खुल्याम तस्करी हुन थालेकाे छ । सिमा सुरक्षाको जिम्मा रहेकाे सशस्त्र प्रहरीले नै चुनावकाे मौका उठाउँदै वीरगंजबाट खुल्याम तस्करी गराईरहेको भेटिएको छ ।

देश अहिले आर्थिक मंदीबाट पनि गुज्रिरहेको छ । अर्थको अभावमा राष्ट्र संचालनमै समस्या देखिएको छ । चुनावलाई भव्य रुपमा सम्पन्न बनाउँन भारतले सहयोग स्वरुप उपलब्ध गराएको करिब २ सय सवारी साधन बुधबार नेपाल भित्रिएको छ । चुनावमा पुरै देश नै होमिएको छ । तर त्यसको मौकाको फाईदा उठाउँदै वीरगंजकाे नाकाहरुबाट खुल्याम राजश्व चुहावट हुने काम भईरहेको छ ।

राजश्व चुहावट नरोकिएपछि साउँन महिनादेखि निरन्तर राजश्व असुली प्रभावित भएको छ । वीरगंज भंसार कार्यालयले राजश्वको लक्ष्य पुरा गर्न सकिरहेको छैन । राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मा लिएको सशस्त्र प्रहरीले नै खुल्याम तस्करी गराईरहेको भेटिएको हाे ।

अलौं स्थित रहेको एकिकृत जाँच चौकी भंसारबाट भंसार कर्मचारीले नै तस्करीको कपडा लोड गरेको ना ७ ख ८१५२ नम्बरको ट्रक नियन्त्रणमा लिएपछि भंसारबाट नै खुल्याम तस्करी भईरहेको खुलासा भएको हो । भारतबाट भित्रियाईएको लाखौं मुख्य बराबरको कुर्ता सुरुवाल, मंहगा साडी, सटिङ्ग सुटिङ्ग, रुबिया लगायतको कपडा भंसार चेकजाँच नै नगरी उक्त तस्करीको समान लोड गरेको ट्रक भंसार बाहिर निकाल्न खोजेपछि भंसार कर्मचारीले सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।

वीरगंज भंसार कार्यालयका प्रवक्ता दिल्लीराम सुवेदी अनुसार सूचनाको आधारमा गत १० गते, नोभेम्बर २७ तारिखको दिन तस्करीको कपडा सहित उक्त ट्रक सूचनाको आधारमा भंसार कर्मचारीले नै नियन्त्रणमा लिएको हो ।

कात्तिक ६ गते, (२३ नोभेम्बर) मा गेट पास भई भारतबाट भंसार कार्यालयमा त्रिभिएको थियो । (२७ नोभेम्बर) अर्थात कात्तिक १० गते उक्त तस्करीको कपडा बोकेको ट्रक चेकजाँच नै नगरी एकिकृत जाँच चौकी बाहिर निस्कन लागेको सूचना आएपछि समान सहित नियन्त्रणमा लिएको ट्रक बिहिबार बिहान मात्र वीरगंज भंसार कार्यालयमा बुझाईएको प्रवक्ता सुवेदीले बताए ।

एकिकृत जाँच चौकीको राजश्व चुहावट नियन्त्रण तथा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीकै मिलोमतोमा उक्त तस्करी हुन सकेको आशंका गरिएको छ । यसमा सशस्त्र प्रहरीको डिआईजी गणेश ठारामगरको समेत संलग्नता रहेको श्रोतको दावी छ ।

वीरगंजका नामुद तस्कर मदन रुन्चेको उक्त तस्करीको ट्रक रहेको जनाएपनि आधिकारीक पुष्टी हुन सकेको छैन । रुन्चे वीरगंज देखि काठमाण्डौ सम्म सुरक्षा निकायलाई आर्थिक प्रलोभनमा पारेर राखेका रुन्चेको उक्त तस्करीको ट्रक छुटाउँन डिआईजी समेत लागेको श्रोतले जनाएको छ ।

कात्तिक १० गते पक्राउ परेपनि उक्त ट्रक कात्तिक १६ गतेसम्म एकिकृत जाँच चौकी आसपासमा राखिएको थियो । भंसारकै केहि अधिकृतहरुलाई मिलाई उक्त तस्करीको समान बोकेको ट्रक सशस्त्र प्रहरीले छुटाउँने प्रयास गरेको थियो । लेनदेनको सहमती नभएपछि थप कारवाहीको लागि बिहिबार बिहान उक्त ट्रक वीरगंज भंसार कार्यालयको मुद्दा शाखामा बुझाईएको छ ।

भंसार कार्यालयका प्रवक्ता सुवेदी अनुसार, पक्राउ गरिएको ट्रक मुद्दा शाखाका बुझाईएको छ, थप अनुसन्धान गर्ने काम भईरहेको छ । उनले भने, भंसारमा बुझाईएको ट्रक र समान धनीको पत्ता लगाउँने काम भईरहेको छ, भेटिएन भने ट्रक सहित समान जफत हुन्छ । श्रोत अनुसार उक्त ट्रक मदन गुप्ता (रुन्चे) को रहेको जनाईए पनि आधिकारीक पुष्टी हुन बाँकी रहेको छ ।

श्रोत अनुसार रुन्चेले भारतबाट तस्करीको समान नेपाल भित्रियाउँनु अघि नै बिल्टी र समानको संख्या अनुसार पहिला नै पान र भ्याट बिल काटेर तयार गरेर राखेका हुन्छ । नेपाल प्रवेश गरे लगतै उक्त पान र भ्याट बिलकै आधारमा प्रहरीकै सुरक्षामा तस्करीको समान ढुवानी हुन्छ ।

रुन्चेकै रामगढवा स्थित ट्रान्सपोर्टबाट ३ वटा तस्करीको कपडा लोड गरेको ट्रक नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीलाई महिनावारी नबुझाएपछि उक्त तस्करीको समान सहित तीन वटै ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिई राजश्व कार्यालय पथलैया बुझाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...