Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

स्वतन्त्र उम्मेदवार जयसवाल मतदाताकाे घरदैलाेमा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. ३ काे १ का स्वतन्त्र उम्मेदवार प्रमाेद जयसवाला बिहिबार पनि घरदैलाे कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

प्रदेशसभा सदस्यका उम्मेदवार जयसवालले बिहिबार क्षेत्र अन्तर्गतकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नं. १ सेनबर्षामा घरदैलाे गरेका हुन् । घरदैलाेकाे क्रममा उम्मेदवार जयसवाले आफ्नाे चुनाव चिन्ह फुल काेभि छापमा मतदान गरी आफुलाई बिजयी बनाउन मतदातासंग आग्रह गरेका छन् ।

घरदैलाेकाे क्रममा मतदासंग भेटघाट गर्दै उम्मेदवार जयसवालले आफु निर्वाचित भए सधै जनताकाे सेवक भएर काम गर्ने वताए । उनले यस अघिकाे निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यले क्षेत्रकाे बिकासका लागि केही नगरेकाे कारण परिवर्तन जरुरी रहेकाे वताए ।

समाजिक क्षेत्रमा निकै लामाे अनुभव रहेका उम्मेदवार जयसवाल प्रति मतदाता पनि उत्साहित देखिएका थिए । जयसवाल शिक्षित र बुद्धिजिवी उम्मेदवार भएका कारण उनलाई नै विजयी बनाउनु पर्ने भलाकुसारी गरिरहेका थिए । 

घरदैलाे कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, पूर्व वडाध्यक्ष रुपलाल यादव, आरिफ अन्सारी लगायतका उल्लेख्य सहभागिता रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...