Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सा १ मा विपक्षीहरुको सात्तो उडेको छ : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २ छपकैयामा बिहीबार जसपा–एमालेको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी जसपा र एमालेका स्थानीय अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवारको पक्षमा जनमत जुटाउन अझ सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

यसका साथै चुनावी प्रचार प्रसारलाई अझ तिब्र बनाउदै हरेक घरधुरीमा पुगेर पर्सा १ का जसपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफनो कार्यकालमा गरेका नमूना काम बारे मतदातालाई बुझाउने पनि उनिहरुले बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै प्रतिनिधीसभमा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री यादवले अहिले सम्म देखिएको जनसमर्थनले आफुहरुको जित सुनिश्चित हुदै गएकोले दुवै दलका नेता कार्यकर्ताले थोरै अझ मेहनत गरे आफुहरुको विजय कसैले रोक्न नसक्ने बताए ।जसपा–एमालेको गठबन्धन मधेस र देशको आवश्यकताको उपज भएको प्रस्ट्याउदै यादवले यहि गठबन्धन जिते मात्रै मधेस र देशको समृद्धि हुने जिकिर गरे ।

पर्सा १ मा जसपा–एमाले गठबन्धन प्रति देखिएको जनलहरले विपक्षीहरुको सात्तो उडेको भन्दै यादवले दुवै दलका नेता कार्यकर्ताहरु इमान्दारीपूर्वक लागि रहे मंसिर ४ सम्म विपक्षीहरु प्रतिस्पर्धामै नरहने दाबी पनि गरे । उनले भने ,‘ मैले पाँच वर्षको कार्यकालमा गरेका कामहरु नै हाम्रो जितका लागि काफी छ , त्यहि काम बारे जनतालाई गएर बुझाउनुस् , किन कि जनता अब नामलाई होइन काम गर्नेलाई आफनो मत दिन्छन् ।

बैठकमा वीरगंज महानगरपालिकाकाे वडा नं. २ का जसपा र एमालेका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...