Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंज ८ मा मुख्यमन्त्री राउतकाे जनता दर्शन

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं. १ को “ख” बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन् । राउतले बुधवार बीरगंज महानगरपालिकाको वडा नं. ८ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम गरेका हुन् ।

दैनिक जसो जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिदै आएका राउतले आज क्षेत्र नं. १ को “ख” मा पर्ने बीरगंज महानगरपालिकाको वडा नं. ८ पानिटंकी, आर्मी व्यारेकको पछाडी रहेको टोल, लिङ्क रोड, गहवा टोल लगायतको ठाउँहरुमा घरदैलो गर्दै मतदातासँग भेटघाट तथा भलाकुसारी गरेकाे जसपा वीरगंज महानगरका अध्यक्ष इश्वर यादवले वताए ।

घरदैलोमा एमाले–जसपा गठबन्धन दलका नेताहरुकाे साथै क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदिप यादवकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

काम नसकिँदै अस्पताल उद्घाटन गर्न खोज्दा फेटामा किन चल्यो गोली ?

वीरगंज । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपका...

सिर्सिया नदी संरक्षणका लागि पाँचबुँदे निर्णय, उद्योगको रासायनिक फोहोर रोक्न कडाइ

वीरगंज । बढ्दो औद्योगिक तथा सहरी प्रदूषणले प्रभावित सिर्सिया नदीको संरक्षण र दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा...

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...