Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रदीप यादवलाई जिताउन महिला नेतृहरु मतदाताको घरदैलोमा

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहु घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् ।

यसैक्रममा बुधबार बिहान वीरगंज महानगरपालिका वडा नम्बर १५ मा जसपाका महिला नेतृ र कार्यकर्ताहरुले घरदैलो गर्दै मतदातासँग भेटेका छन् ।

मतदातासँगको भेटघाटमा उनिहरुले मधेशका लागि मरिमेट्दै आएका जसपाकै कारण मधेसी, महिला, दलित, मुस्लिम लगायतले पहिचान र अधिकार पाएकाले जसपा नै मधेसको सच्चा पहरेदार भएको बताए ।

पर्सा-१ मा जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव मधेशका महिलाहरुको हक अधिकारको पक्षमा सडकदेखि सदनसम्म आवाज उठाउने नेता भएको भन्दै जसपाका नेतृहरुले यसपालि फेरि यादवको जित आवश्यक रहेको बताए ।

यादवले फेरि जिते मात्रै मधेसका महिलाहरुको हक अधिकार सुनिश्चित हुने भन्दै उनिहरुले आफनो मत जसपालाई दिएर यादवलाई जिताउन आग्रह पनि गरे ।

घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...