Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पर्सा १ मा माओवादी छाडेर दुई दर्जन युवाहरु गरे जसपा प्रवेश

spot_img
spot_img

वीरगंज । जनयुद्ध कालदेखि नै नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका वीरगंजका दुई दर्जन भन्दा बढी युवाहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ का युवा नेता धर्मनाथ कुशवाह र कृष्णा कुशवाहको नेतृत्वमा दुई दर्जन भन्दा बढी युवाहरु सामुहिक रुपमा माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । जसपाको राजनीतिक समितिका सदस्य समेत रहेका यादवकै निवासमा बुधबार आयोजित एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका युवाहरु जसपामा प्रवेश गरेको यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

माओवादी केन्द्रमा परिवारवाद हावी हुँदै गएको र पार्टीमा कुनै योगदान नहुनेहरुको हाली मुहाली बढेको कारण आफूहरुले पार्टी परित्याग गरेको जसपामा प्रवेश गरेका धर्मनाथ कुशवाहले आरोप लगाए । उनले भने ,‘जनयुद्ध कालदेखि पार्टी भित्र रहेर हामीले संघर्ष ग¥यौं तर हाम्रो त्यागको त्यहाँ मूल्यांकन भएन, आफ्नो परिवारका व्यक्तिलाई अगाडि बढाउने, पार्टीमा कुनै योगदान नहुनेलाई स्थान दिने प्रवृति हावी भएपछि हामीले घर परिवर्तन गर्न बाध्य भयौँ ।

कुशवाहले जसपाले मधेशको मुद्दा उठाउनुका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत सुधार ल्याउने काम गर्दै आएकोले आफूहरुले जसपा प्रवेश गरेको प्रतिक्रिया दिए ।

उनले पर्सा जिल्लाको विकास र समृद्धीका लागि प्रदीप यादवलाई पुन: निर्वाचित गराउनु पर्नेमा जोड पनि दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...