Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बारा क्षेत्र नं. ४ मा एमाले-जसपा गठबन्धनकाे कार्यालय संचालन

spot_img
spot_img

परवानीपुर । बाराकाे निर्वाचन क्षेत्र नं. ४ मा एमाले-जसपा गठबन्धनकाे पार्टी कार्यालय संचालनमा आएको छ । गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार एकबाल मियाँ र क्षेत्र नं ४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार आत्माराम साहले संयुक्त रुपमा पार्टी कार्यालय संचालनमा ल्याएका हुन् ।

प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ स्थित प्रसाैनी बजारमा संचालनमा आएकाे कार्यालयकाे उद्घाटन मंगलबार दुबै उम्मेदवारले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मियाँले देशलाई राजनितीक निकास र बिकासको लागी एमाले-जसपा गठबन्धनलाई भारी बहुमतले जीताउन आग्रह गरे । उनले देशलाई सही दिशामा चलाउन र अधुरा कामहरु पुरा गर्न यो निर्वाचन एकदमै महत्वपूर्ण रहेको र जनताले पनि सुझबुझले आफनो मतको प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी प्रदेशसभा सदस्य उम्मेदवार आत्माराम साहले समाजलाई सही दिशामा चलाउन र यो क्षेत्रको दिर्घकालिन बिकासको लागी आफुहरु चुनावमा भाग लिएको बताए । उनले बिकासको नाममा बर्सौदेखी सोझा साझा जनतालाई ठग्ने काम मात्र भएको र अब त्यस्ता ठगी गर्ने नेतालाई तह लगाउने समय आएको बताए ।

नेता साहले आफु संविधानसभा सदस्य हुँदा मधेशको बिकासका लागी निकै प्रयास गरेको र अबको समय केही गरेर देखाउने हुनाले एकचोटी आफुलाई अवसर दिन आग्रह गरे । उनले अबको यूग टेक्नोलोजीको यूग भएको हुनाले सडक, नाला पुल आदी मात्र बनाएर नहुने भएकाेले, अब पिढीकाे भविष्यको लागी आधुनिक शिक्षा, रोजगारी, शिपमुलक तालीम, आधुनिक खेती जस्ता योजनाले मात्र बिकास हुने भएकोले आफुहरुलाई जीताउन आग्रह गरे ।

कार्यक्रममा नेपाल बार एसोसिएसन नेपालका निवर्तमान केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, जसपा पार्टीका परवानीपुर गाउँपालीका प्रत्यासी यूवा नेता संजु साह, नेता अजय पटेल, एमालेका प्रदेश कमीटी सदस्य मोबिन आलम, रामएकबाल साह, सोचन यादव, पूर्व मेयर हरीनारायण साह, नन्दलाल राम लगायत पाटीका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...