Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मैले गरेका कामहरु नै मेरो जितको आधार हो : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रदीप यादवले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा चुनावी घरदैलो गरि मतदातालाई भेटेका छन् ।

छठ पूजा सकिए लगत्तै चुनावी प्रचार प्रसारलाई तिब्र पारेका पूर्व मन्त्री यादवले मंगलबार बिहान नेता कार्यकर्ता सहित वडा नम्बर १५ मा पुगेर मतदातालाई भेट्दै उनिहरुका समस्या र गुनासो पनि सुने ।

त्यस क्रममा उनले यसपालिको निर्वाचन सहि नेता चुन्ने अवसर पनि भएकाले काम गर्ने नेतालाई नै जनताले अवसर दिनु पर्ने बताए । विगतमा पदमा हुँदा समेत केहि गर्न नसकेकाहरुले अहिले फेरि आश्वासन मात्रै बाड्दै हिडेको भन्दै यादवले भने, ‘उनिहरुको आश्वासनमा अब जनता पर्नेवाला छैनन्, जनताले आश्वासन हैन काम चाहेका हुन्छन, काम गर्ने नेता नै जनताको रोजाइमा फेरि पर्छन् ।’

जसपाका उम्मेदवार यादवले आफु नेता नभइ जनताको सेवक भएकाले जनताको सेवा नै आफनो मूलमन्त्र रहेको र त्यहि लक्ष्य लिएर जनता माझ रहदै आएको बताए । विगत पाँच वर्षको कार्याकालमा पर्सा-१ मा आफुले गरेका कामको मूल्यांकन गरेकै कारण जनताले आफुलाई फेरि अवसर दिनेमा आफु ढुक्क रहेको उनले बताए ।

अरुलाई गाली गरेर मात्रै जनताको मन जित्न नसकिने बताउदै यादवले भने, ‘म अरु जस्तो विपक्षीलाई गाली गरेर समय खेर फाल्दिन, मैले गरेका काम जनताले देखेका छन्, मेरो जितको आधार त्यहि नै हो ।’

घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दिका साथै जसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...