Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

धोरे मेला र कुस्ती प्रतियोगिता शान्तिपूर्ण रुपमा सप्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेमा साेमबार विशाल कुस्ती प्रतियाेगिता एवम् झन्डा मेला सम्पन्न भएकाे छ । विगत १०० बर्षदेखि छठ पुजाकाे अवसरमा लाग्दै आएकाे मेलामा आयाेजना गरिएकाे कुस्ती प्रतियाेगिताकाे पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले उद्घाटन गरेका थिए ।

कुस्ती प्रतियाेगितामा नेपालका मनाेज यादवले भारत गाेरखपुरका रामरतन पहलवानलाई र नेपाल प्रहरीका गाया पहलवानले भारत बनारसका अकाश बर्मालाई पराजय गरेका थिए ।

साैहर्दपूर्ण बातावरणमा सम्पन्न कुस्ती प्रतियाेगितामा भारत र नेपालका विभिन्न जिल्लाका प्रसिद्ध दर्जनाैं महिला तथा पुरुष पहलवानहरुले भाग लिएका थिए ।

गाउँपालिका अध्यक्ष मेहताकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा नेपाली कांग्रेसका नेता नसुरलाह मियाँ, वडाध्यक्ष विनाेद मेहता, ढेरी यादव, बलिराम चाैरसिया, लक्ष्मण कुर्मी, छ्ठु साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...