Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंज ७ मा एमाले-जसपा गठबन्धनकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । आफ्ना उम्मेदवारलाइ बिजय बनाउन एमाले-जसपा गठबन्धनको वडा स्तरीय नेता कार्यकर्ताको भेला वीरगंज महानगरपालिकाकाे वडा नम्बर ७ मा सम्पन्न भएको छ ।

भेलामा गठबन्धनका साझा उम्मेदवार पर्सा क्षेत्र न.१ काे २ का प्रदेशसभा सदस्य तथा मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबावु राउत गद्दीले यो गठबन्ध देश र प्रदेशको विकास संगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तथा संविधान कार्यावन्यनको लागी आवश्यकता रहेको बताए ।

उनले यो पवित्र गठबन्धनको पक्षमा मतदान गर्न सबैमा आग्रह समेत गरे । उनले मधेस प्रदेश सरकारले पर्सा जिल्ला ल्याएको योजना वारे प्रकाश समेत पारे ।

प्रदेश सरकारले वीरगंजमा मधेश विश्व विद्यालय स्थापना, प्रादेशिक पुस्तकालय, श्रीपूर उच्च मा.वि प्राविधिक शिक्षा कार्यक्रम संचालन, पुराना तथा ऐतिहासिक त्रिजुद्ध माविलाई नमुना विद्यालय घोषणा संगै बजेट निकाशा भएको उनले बताए ।

त्यसैगरि बिद्यालत भवनहरु निमार्ण, सामुदायिक भवन, धर्मशाला, जेष्ट नागरिक आवाश भवन निमार्ण, मंन्दिर, पार्क, छठघाट, सडक तथा नाला निमार्ण लगायतका लोकप्रिय योजना तथा कार्यक्रमहरु संचालनमा रहेको तथा कतिपय योजनाहरु सम्पनको क्रममा रहेकाे उनले बताए ।

कार्यक्रममा पर्सा क्षेत्र न.१ प्रतिनिधि सभा सदस्य प्रदिप यादवले आफु मन्त्री हुँदा छोटो समयमा चिडियाखाना स्थापना गरि वीरगंजमा ऐतिहासिक काम गरेको बताए ।

सत्यनारायण शर्माकाे अध्यक्षतामा भएकाे भेलामा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नवराज शर्मा, एमाले पर्सा क्षेत्र नं.१ काे २ का संयोजक कमलेश गुप्ता, जसपा वीरगंजमा महानगर अध्यक्ष इशवर यादव, पूर्व वडा अध्यक्ष बसन्त भकर लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेकाे थियाे ।

कार्यक्रमको संचालन एमाले वीरागंज नगर कमिटी सचिवालय सदस्य बासु शर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...