Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेसंग सर्तक रहन प्रदिप यादवको आग्रह

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का मतदातासँग भेटघाट गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले छठ पर्वको शुभकामना पनि दिएका हुन् ।

निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् ।

जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पिरमर्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् ।

निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । वडा नम्बर ७ का मतदाताहरुले यादवको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मतदातासँगको भेटघाटमा निवर्तमान सांसद यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मोहमद लालबाबु राउत गद्दी, नेकपा एमालेका नेता नवराज शर्मा, पूर्व वडा अध्यक्ष वसन्त भक्कडलगायत नेकपा एमाले र जसपाका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...