Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

२८ वर्ष काँग्रेसको राजनीति गरेका नेता साह जसपा प्रवेश

spot_img
spot_img

वीरगंज । विगत २८ वर्षदेखि नेपाली काँग्रेसको सकृय राजनीति गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह जसपमा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह काँग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन् ।

काँग्रेसका कृयाशील सदस्य समेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका हुन् । बिहीबार एक अनौपचारिक कार्यक्रममा पूर्वमन्त्री यादवले साहलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।

काँग्रेस विपीको सिद्धान्त र विचारबाट विचलित भएको तथा काँग्रेसका नेताहरु पनि पार्टीको नीति, विचार र सिद्धान्त बिर्सिएर व्याक्तिगत स्वार्थमा लिप्त भएकाले त्यस्तो पार्टीमा बस्न नसक्ने ठहर गर्दै आफुले काँग्रेस परित्याग गरेको साहले बताए ।

अहिलेको परिवेशमा मधेस र मधेसीको हकहितमा लड्ने एक मात्र पार्टी जसपा नै भएकोले आफुले जसपा रोजेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...