Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रदीप यादवले दिए निर्वाचन केन्द्रित कार्यक्रमलाई निरन्तरता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले क्षेत्रमा बाँकी रहेका काम पुरा गर्न आफुलाइ निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।

क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाका वडाहरुमा जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै जसपाका उम्मेदवार यादवले आफू सांसद र छोटो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरा समेत गरेको दावी गरे । आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग उनले आग्रह गरे ।

यादवले देशको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरे । यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा–एमालेका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।

मतदातासँगको भेटघाटका क्रममा यादवले हिन्दूहरुको महान पर्व दिपावली र छठको शुभकामना आदान प्रदान पनि गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत समेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका नेता, कार्यकर्ताहरुको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...