Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले पर्साको ४ वटै निवर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धन विजयी हुने दाबी गरेका छन् ।

पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एवम् जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् ।

जसपा–एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले काँग्रेस र माओवादी केन्द्रको जसपालाई सिध्याउने चक्रव्युह तोडन जसपा–एमाले सफल भएको बताए । यादवले जसपाको अस्तित्वलाई सिध्याउन खोज्ने काँग्रेस र माओवादीको षडयन्त्र र चक्रब्युह विफल पार्नका लागि नै जसपाले एमालेसँग चुनावी गठबन्धन गर्नु परेको स्पगष्ट पारे ।

उनले भने, ‘सत्तागठबन्धनमा रहदा काँग्रेस र माओवादीले थोरै सिट दिएर चुनावमा जसपाले थ्रेसहोल्ड पनि नकटाओस्, राष्ट्रिय दल बन्नबाट पनि बन्चित गराएर जसपालाई सिध्याउने षडयन्त्र गरेका थिए, तर जसपा अध्यक्ष उपेन्द्र यादवले समय छदै ती दुइ दलको षडयन्त्र थाहा पाएर एमालेसंग चुनावी गठबन्धन गर्नु भयो ।’

सत्तागठबन्धनले जसपालाई ११ सिट भन्दा बढि दिनै नमानेको स्मरण गराउदै यादवले त्यहि कारण दुरगामी सोच र सुझबुझ भएका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग गठबन्धन गरेको बताए ।

उनले विगतका तिता मिठा अनुभवलाई बिर्सिएर जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ दुवै दलका नेता कार्यकर्तालाई अपिल पनि गरे । यादवले भने ,‘ यदि थोरै पनि चुक भयो भने पार्टीलाई त्यो सह्य हुदैन ।

जसपा र एमालेका क्षेत्रीय अध्यक्षद्वयको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, पर्सा-३ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार राज कुमार गुप्ता, प्रदेशसभा सदस्य उम्मेदवारद्वय डाक्टर मधु गुप्ता र अब्दुल रहिम अन्सारी, जसपाका राजनीतिक समिति सदस्य हरिनारायण रौनीयार लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...