Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जनताले नाम हैन काम मन पराउँछन् : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले जनताले नाम नभएर काम मन पराउने बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयामा जनता समाजवादी पार्टी (जसपा) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जसपा र नेकपा एमालेको गठबनधनका उम्मेदवार यादवले पर्सा १ मा आफुले गरेका कामकाे बारेमा मतदातालाई राम्ररी बुझाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

यादवले भने, ‘हामीले यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जानुस्, जनतालाई बुझाउनुस्, किन कि जनताले नाम होइन कामलाई मन पराउछन् ।’ जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नरहने गरि चुनावी प्रचारमा लाग्न अगुवा कार्यकर्ताहरुलाई यादवले आग्रह गरे ।

भेलामा सहभागी जसपाका अगुवा नेता कार्यकर्ताहरुले जसपाका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आफुहरु एकजुट भएर लागि सकेको बताए । उनिहरुले पर्सा १ मा अन्य दलका उम्मेदवार भन्दा जसपाका दुवै उम्मेदवार जनता माझ लोकप्रिय छवि बनाएको कारण जनताले पनि यसपालि फेरि जसपालाई नै मत दिने प्रतिक्रिया दिएका छन् ।

छपकैयाको कार्यकर्ता भेला सकेर यादव नेवार समुदायले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा आदर्शनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पनि सरिक भएका थिए ।

त्यस अवसरमा यादवले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा कार्यक्रममा सहभागीहरुसंग शुभकामना आदान प्रदान गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, प्रकाश अमात्य लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...