Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

अलौंबाट एक लाख १८ हजार नगदसहित ४ जुवाडे पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले जुवाखालमा छापामारी गरि १ लाख १८ हजार बढि रकम सहित ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १७ अलौं बस्ने २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया रहेका छन् ।

सोमबार राति करिब पौने ११ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं १७ अलौ स्थित जुवा भइरहेको सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरि नगद रकम सहित ४ जना जुवाडेलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले नगद सहित जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जुवाको खालबाट नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...