Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहामैनपुरका अध्यक्ष मेहताद्वारा गाउँपालिकाभरी मिठाई वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले गाउँबासीलाई मिठाई वितरण गरेका छन् । अध्यक्ष मेहताले आफ्नाे व्यक्तिगत लगानीमा दिपावलीकाे अवसरमा गाउँपालिकाभरी मिठाई वितरण गरेका हुन् ।

हिन्दुहरुकाे महान चाँड दिपावली अर्थात लक्ष्मी पुजाकाे शुभकामना दिदै अध्यक्ष मेहताले मिठाई वितरण गरेका हुन् । महान चाँडमा गाउँबासीसंग खुसि साटन मिठाई वितरण गरेकाे गाउँपालिका अध्यक्ष मेहताले वताए । 

गाउँपालिकाभरीमा पाँच वटा वडा र डेढ दर्जन टाेलहरु छन् । ति सबै वडाकाे टाेलहरुमा अध्यक्ष मेहताले ८ हजार लडु मिठाईकाे प्याकेट वितरण गरेकाे वताइएकाे छ । उनले गाउँपालिकाभरीकाे प्रत्येक घरमा एक/एक प्याकेट लडु मिठाई पठाएका हुन् ।

 अध्यक्ष मेहताकाे याे कार्यकाे गाउँबासीले प्रशंसा समेत गरेका छन् । उनी प्रत्येक चाँडपर्वमा यस्ता समाजिक कार्य गर्दै आएका छन् । उनी गाउँपालिका अध्यक्ष नभएकाे बेला पनि यस्ता कार्य गर्दै आएका थिए ।

अध्यक्ष मेहताकाे छठ पूजामा पनि गाउँपालिका अन्तर्गत गरिब र बिपन्न छठ ब्रतालुहरुलाई साडी वितरण गर्ने याेजना रहेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...