Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सौन्दर्यकरणको नाममा पाेखरीकाे माैलिकता नष्ट गरिएकाे छ : उम्मेदवार सर्राफ

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ का प्रदेश सभा सदस्यका उम्मेदवार युवा नेता ओम प्रकाश सर्राफले प्रदेश सरकार र प्रतिनिधि ठेकेदारले सौंदर्यकरणको नाममा मुर्ली स्थित पोखरी र सिर्सिया नदीको मौलिकता नष्ट गरेको आरोप लगाएका छन् ।

इम्प्रूविंग वीरगंजले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उम्मेदवार सरार्फले सौन्दर्यकरणको नाममा वीरगंजको गौरवको रुपमा रहेको नगव पोखरी र मुर्ली पोखरीको मौलिकता नष्ट गरिएको बताए ।

जल लगायतका प्राकृतिक सम्पदालाई जोगाउनुपर्नेमा छठ घाटको रुपमा प्रयोग हुने यी पोखरीहरुको पानी सुकाई डोजर चलाई हिन्दु संस्कृतमाथि ठाडो प्रहार गरिएको बताएका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत बनाउन सुरु गरिएको ती पोखरीहरुको ठेक्कामा पनि व्यापक अनियमितता भएको नेता सर्राफले जिकिर गरे ।

समाजिक अभियान्ता समेत रहेको युवा नेता सर्राफले सिर्सिया नदी पुनः उद्दर गर्न सबै लाग्नु पर्ने बताए । संस्थाका अध्यक्ष सरन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वातावरण अभियन्ता आकाश चौहान लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम अन्तर्गत घण्टाघर सफाई लगायत अन्य सार्वजनिक स्थललाई सरसफाइ गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...