Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेसका बुथसभापति कोइरी जसपामा प्रवेश, प्रदीप यादवले गरे स्वागत

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको सत्तागठबन्धनलाई ठूलो झट्का लागेको छ । क्षेत्र नम्बर १ अन्तर्गत नै पर्ने वीरगंज महानगरपालिकाकाे वडा नम्बर १२ का काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु सामूहिक रुपमै पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वडा नम्बर १२ का काँग्रेसका बुथ सभापति वीरेन्द्र महतो कोइरीको नेतृत्वमा काँग्रेसका ४५ जना नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

शनिबार वीरगंज-१२ मुर्लीमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले कुशवाहा सहितका नेता कार्यकर्तालाई अबीर टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै काँग्रेस छाडेर जसपामा प्रवेश गरेका कुशवाहाले पर्सा-१ मा काँग्रेस नेतृत्व विहीन भएको कारण आफुहरुले काँग्रेस छाडेर जसपामा प्रवेश गरेको बताए । उनले काँग्रेसको नीति, सिद्धान्त र निर्णय विपरित पूर्व जिल्ला सभापति अजय द्विवेदीले बागी उम्मेदवारी दिएको र उनको पक्षमा क्षेत्रीय सभापति अरविन्द गुप्तालगायतका नेताहरु लागेकाले पर्सा-१ मा काँग्रेस अब नेतृत्व बिहिन भएको बताए ।

पार्टीको नीति, सिद्धान्त र निर्णय नै नमान्ने नेताहरुको साथमा त्यो पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेर आफुहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको कुशवाहाले बताए । उनले भने, ‘जुन पार्टीमा नेताले नै पार्टीको निर्णय मान्दैनन्, बागी उम्मेदवारी दिन्छन् अनि ती बागी उम्मेदवारकै पछाडि जिम्मेवार नेताहरु लाग्छन् भने त्यो पार्टीमा कुनै विचार र सिद्धान्त नै हुदैन, त्यहिबाट असन्तुष्ट भएर हामीले काँग्रेस छाडेका हौं ।’

कोइरीले मधेस र देशको हितमा काम गर्ने एक मात्र पार्टी जसपा नै भएको ठहर गर्दै आफूहरु जसपामा प्रवेश गरेको स्पष्ट पारे । उनले भने, ‘नेता हुनु त प्रदीप यादव जस्तो, जो जनताको हरेक दु:ख सुखमा साथ दिँदै आएका छन्, पदमा रहे पनि नरहेपनि जनताकै माझमा बसेका छन् यस्तो लोकप्रिय र विकास प्रेमी नेता पर्सालाई मात्र नभइ देशलाई सधै चाहिन्छ ।’

कार्यक्रममा बोल्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदीप यादवले पार्टीमा प्रवेश गरेका सबै नेता कार्यकर्ताहरुलाई जसपाले मूल्यांकन गरेर उचित व्यवस्थापन गर्ने बताए । उनले जसपाले मधेसको मुद्धा सडकदेखि सदनसम्म उठाउँदै आएको भन्दै मधेस र मधेसीलाई अधिकार सम्पन्न नबनाए सम्म संघर्ष गरिरहने पनि बताए ।

यादवले भने, ‘म पदमा रहे पनि नरहे पनि मलाई केहि फरक परेको छैन, किन कि मेरा लागि जनता जनार्दन हुन्, जनताको सुखदु:खमा म सदैव साथमै रहदै आएको छु र रहन्छु पनि ।’

उनले पर्सा-१ लाई मात्र नभइ समग्र पर्सा जिल्लाको विकास र समृद्धि आफनो लक्ष्य भएकाले अबका दिनमा पनि आफू दत्तचित्त भएर लागि रहने वाचा पनि गरे ।

जसपा वडा नम्बर १२ का एकाइ अध्यक्ष किशोर महतोको सभापतित्वमा भएकाे कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद अन्सारी, पूर्व वडाध्यक्ष रामदरश कुशवाहा लगायतका नेता कार्यकर्ताको सहभागीता थियो । कार्यक्रम सञ्चालन घनश्यामबाबु गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...