Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफ प्रति मतदाता उत्साहित

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे २ का उम्मेदवार ओमप्रकाश सर्राफले मतदाता भेटाघाट कार्यक्रमलाई निरन्तारता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले शुक्रबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर-२ छपकैयामा भेटघाट गरेका हुन् ।

भेटघाटकाे क्रममा मतदातामा आफु प्रतिदेखिकाे उत्साह र समर्थनले आत्मबल बढएकाे उम्मेदवार सर्राफले वताए । यस पालिकाकाे निर्वाचनमा यस क्षेत्रकाे मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर रहेकाे सर्राफकाे भनाई छ ।

लाैराे चुनाव चिन्ह रहेकाे उम्मेदवार सर्राफ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका प्रतिस्पर्धी हुन् । मुख्यमन्त्री राउतले वीरगंजबाट निर्वाचित भएर वीरगंजलाई दाेखा दिएकाे र वीरगंजकाे लागि केही नगरेका कारण यस पालिकाे निर्वाचनमा मतदाता आफुलाई मतदान गरेर विजयी गराउनमा उम्मेदवार सर्राफ विश्वस्त छन् ।

समाजिक अभियान्ता समेत रहेका उम्मेदवार सर्राफले परिर्वतन र रास्ट्र निर्माणको अभियानमा सहयाेग गर्न लौरो छापमा मतदान गर्न आग्रह समेत गरेका हुन् ।

उम्मेदवार सर्राफकाे मतदाता भेटघाट कार्यक्रममा वीरगंजदेखि दिल्ली सम्मका पैदल यात्री शैख मुन्ना, जगदीश सरार्फ, संजय पटेल , आकाश चौरसिया, शेख अरसद, सहनवाज लगायतकाे सहभागि रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...