Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रदीप यादवकाे समर्थन जुटाउन जसपा नेतृहरु पनि घरदैलोमा

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमका उम्मेदवार प्रदीप यादवलाई जिताउन समाजवादी महिला संघले पनि प्रचार प्रसार अभियानलाई निरन्तरता दिएकाे छ ।

समाजवादी महिला संघमा आबद्ध महिला नेतृहरुले मतदाताको घरघरमा पुगेर प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

यसैक्रममा उनिहरुले शुक्रबार पनि वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ पटेलनगरमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।

मतदातासँगको भेटघाटका क्रममा जसपाका महिला नेता कार्यकर्ताहरुले काम गर्ने नेतालाई नै फेरि अवसर दिए महिलाको सशक्तिकरण हुने र क्षेत्रको विकास पनि हुने बताए ।

घरदैलोका क्रममा खासगरि महिला मतदाताहरुले सांसदमा जितेर मन्त्रीसमेत भएका यादवले क्षेत्रको समृद्धि र विकासमा नमूनाम काम गर्नुका साथै युवती र गृहिणी महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना पनि सञ्चालन गरेकाले आफुहरुको यसपालिको पनि रोजाई यादव नै भएको प्रतिक्रिया दिएको घरदैलोमा सहभागी समाजवादी महिला संघकी नेतृ प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।

समाजवादी महिला संघ मधेस प्रदेश संघ मधेश प्रदेश समितिकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा शुक्रबार भएको घरदैलो कार्यक्रममा नेतृहरु अन्नपूर्णा मानन्धर, सुनिता साह, लालसा चौधरी लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...