Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाँचौं दिन पनि प्रदिपकाे रोड शो, ठाउँठाउँमा मतदाताले गरे स्वागत

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ को शहरी क्षेत्रमा पर्ने वीरगंज महानगरपालिकाकाे विभिन्न वडाहरुमा शुक्रबार पनि जसपाले चुनावी रोड शो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसार अन्तर्गत शुक्रबार वीरगंज महानगरका तीन वटा वडामा गरेको रोड शो का क्रममा पूर्वमन्त्री यादवलाई मतदाताहरुले स्वागत गर्दै आफुहरुले यादवलाई अत्याधिक मतले विजयी बनाउने वताएका हुन् ।

वीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुर, नयाँ टोल , वडा नम्बर १२ को मुर्ली र वडा नम्बर १५ को लक्ष्मणवा र भेडियाहीमा शुक्रबार मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतसँगै रोड शो गरेका यादवलाई मतदाताले ठाँउ ठाँउमा स्वागत गरेका थिए ।

त्यसक्रममा मतदाताहरुले पर्सा १ मा प्रदीप यादवले विकास निर्माणसंगै राष्ट्रिय रुपमा पहिचान दिलाउने गरि गरेका कामहरुका कारण क्षेत्रवासीले फेरि एक पटक उनलाई अवसर दिने सोचमा रहेको बताए ।

पर्सा १ का जनता नाम र अनुहार नभई आफनो क्षेत्रमा काम गरेका नेताको पक्षमा रहेको भन्दै उनिहरुले यादवले गरेका कामहरुकै कारण यसपालि फेरि यादवलाई नै जिताउने मुडमा रहेको पनि बताए । त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पनि कामको मुल्यांकन गरेर आफना जनप्रतिनिधी चुन्न मतदाताहरुसंग अनुरोध गरे ।

मतदाताको चाहना र भरोसा पुरा गर्न नै आफु राजनीतिमा लागेको भन्दै यादवले मतदाताहरुसंग भने, ‘तपाइहरुको सद्भाव र साथले म मा अझ उर्जा थपिएको छ, तपाइहरुको भरोसामा म सदैव खरो उत्रिनेछु, ढुक्क रहनु होला ।’

शुक्रबारको चुनावी रोड शो मा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...