Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

बन्द रहेको स्कुलको संचालक नेशनल प्याब्सनको सचिव

spot_img
spot_img

वीरगंज । स्कुल नै संचालनमा नरहेको संस्थाका प्रधानाध्यपक नेशनल प्याब्सनमा रजाई गरी रहेका छन् । बिगत तीन बर्ष देखि बन्द रहेको क्याम्ब्रिज एजुकेशनल इगलिस बोर्डिङ्ग स्कुलका संचालक तथा प्रचार्य प्रमोदन रायमाजी नेशनल प्याब्सनको सचिव पदमा वसी रजाई गरी रहेका छन् ।

आफ्नो स्कुल संचालनमा नरहेको भएपनि रायमाजी नेशनल प्याब्सनको सचिवको हैसितमा संगठनमा आबद्ध रहेको स्कुलहरु माथी थिचोमोचो गर्ने गरेको तथा अबैध रुपमा रकम असुली गर्ने गरेको संगठनमा आबद्ध एक स्कुलका संचालकले बताए । उनले संगठन भित्र भाडभैलो मच्चाउन खाजेको तथा संगठनको बिधि र पद्धति बिपरित कामहरु गरी रहेको भन्दै संगठनबाट तत्काल हटाउने आवजहरु संगठनमा उठेको बताए ।

नेशनल प्याब्सनको सदस्य रहेको एक स्कुलका संचालकले स्कुल नै नरहेको व्यक्तिलाई संगठनको पदाधिकारीमा राख्न नहुने र तत्काल उनलाई सचिवबाट बर्खास्त गर्नको लागि संगठन भित्र छलफल भइरहेको नाम नछाप्ने सर्तमा एक स्कुलका संचालकले बताए । स्कुल नरहेको व्यक्ति पदमा नरहनु पर्ने हो तर लाज नै नभएपछि के नै गर्न सकिन्छ भन्नेहरु पनि संगठन भित्रै रहेको पदाधिकारीको भर्नाइ छ ।

निजि तथा आवासिय बिद्यालय संगठनको बिधानमै स्कुल नरहेको व्यक्तिलाई संगठनको कुनै पनि पदमा राख्न नहुने प्रावाधान रहेको छ । तर बिधान बिपरित रायमाजीले संगठनको पदाधिकारी भएर बसि रहेको पाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...