Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

क्षेत्रलाई एक बर्ष भित्र पूर्ण साक्षर बनाउन सर्राफकाे संकल्प

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ का उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार पनि मतदातासंग भेटघाट गरेका छन् । लाैराे चुनाव चिन्ह रहेकाे प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवामा भेटघाट गरेका हुन् ।

भेटघाटकाे क्रममा स्वस्फूर्त रुपमा भेला भएकी महिलाहरुले आफुलाई जितकाे लागि अशिर्वाद दिएकाे उम्मेदवार सर्राफलाई वताए । उनले महिला दिदी, बहिनी, आमाहरुकाे अशिर्वादले आफ्नाे आत्मबाल बढेकाे वताए ।

उनले भने “आमा, दिदिबहिनीबाट आशीर्वाद ग्रहण गरियो । निश्चल र पबित्र शक्ति नारी शक्तिको हृदय देखिको आशीर्वादले न्याय, समानता र समृद्धिकाे लागि भ्रष्टाचार विरुद्धको युद्धमा अवस्य सफलता पाउने छु ।”

भेटघाट कै क्रममा उम्मेदवार सर्राफले एक वर्ष भित्र यस क्षेत्रलाई पुर्ण साक्षर बनाउने संकल्प लिएकाे वताए ।

चुनाव नजिकिएसंगै उम्मेदवार सर्राफले मतदाता भेटाघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । उनी आफु समाजकाे लागि गरेकाे याेगदानकाे मुल्यांकन गरेर भएपनि यसपाली आफुलाई मतदाताहरु मतदान गरेर विजयी गराउनेमा विश्वसत छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...