Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जसपाका नेता कार्यकर्ता भन्छन् : “प्रदीप यादवको जित सुनिश्चित छ”

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १२ का जनता समाजवादी पार्टी (जसपा) का अगुवा नेता कार्यकर्ताले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १२ को ब्रह्म चोकमा जसपाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी अगुवा नेता कार्यकर्ताले पर्सा १ मा यादवले विकासको लहर ल्याएकाले फेरि पनि उनको जित सुनिश्चित रहेको दाबी गरेका हुन् ।

सांसदका रुपमा यादवले विगत ५ बर्षको कार्यकालमा क्षेत्रको विकास र जनताको हितमा गरेका कामबाट क्षेत्रका सबै जनता सन्तुष्ट रहेकोले फेरि पनि यादवलाई नै जिताउने सोचमा रहेको पनि उनिहरुले बताए ।

उनिहरुले सांसद यादवले गरेका विकास निर्माणका कामहरुको नारा लिएर आफुहरु जनता माझ जाने पनि बताए ।

भेटघाट कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरुको सुझाव सुनेपछि प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले विगत पाँच बर्षको कार्यकालमा आफुले सुशासनलाई प्राथमिकता दिनुका साथै क्षेत्रको विकासमा नै ध्यान केन्द्रित गरेको बताए ।

उनले अबको जित पछि क्षेत्रमा बाँकी रहेका अधुरा योजनाहरुलाई पुरा गर्दै थप केहि ड्रिम पोजेक्टहरु ल्याउने प्रतिबद्धता जनाए । उनले भने ,‘ मेरो लक्ष्य र सोच भनेकै समग्र पर्सा जिल्ला र क्षेत्र नम्बर १ का जनतालाई समृद्ध बनाउने हो, त्यो लक्ष्यमा म पुगेरै छाड्छु ।

यादवले त्यो लक्ष्य पुुरा गर्नका लागि जसपा–एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेकाले आफनो मत जसपा–एमाले गठबन्धनलाई नै दिन आग्रह पनि गरे ।

बुधबार नै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा जसपाको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । कार्यालय उद्घाटनका लागि श्रीपुरमा पुगेका यादवलाई जसपाका नेता कार्यकर्ता र स्थानीयवासीले फुलमाला लगाएर भव्य स्वागत पनि गरेका थिए ।

दुवै कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी, जसपाका वीरगंज महानगर अध्यक्ष इश्वर चन्द्र यादव लगायतको पनि सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...