Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रदीपलाई जिताउन एमाले नेता कार्यकर्ता पनि चुनावी प्रचारमा

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् । एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन आग्रह गर्दै एमालेका नेता कार्यकर्ताहरु जनताको घरदैलोमै पुगिरहेका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिकाका विभिन्न वडामा मंगलबार प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवसंगै प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका विचारी यादवले रोड शो गर्दै मतदाताको घरदैलोमा पुगेर यादवद्वयलाई अत्याधिक मतले विजयी बनाउन आग्र गरे ।

एमाले नेता एंव उम्मेदवार विचारी यादवसंगै रहेका एमालेका नेता कार्यकर्ताले पनि प्रदीप यादवको पक्षमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् । जसपा एमाले गठबन्धनले मङगलबार वीरगंज महानगरपालिका वडा नम्बर १३ मुर्ली र नयका टोला, वडा नम्बर १४ पिपरा, बहुअरी र वडा नम्बर १८ सुखचैना र लीपनी वीर्तामा रोड शो गरेका हुन् ।

रोड शोका क्रममा मतदाताको घरदैलोमा पुगेका दुवै उम्मेदवारले जसपा–एमालेको पबित्र गठबन्धप्रति स्थानीय जनताले दर्शाएको आत्मियता र समर्थनले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । उनिहरुले मधेस र समग्र देशको हितमा यो चुनावी गठबन्धन बनेको यथार्थ जनताले बुझिसकेकाले आसन्न निर्वाचनमा आफुहरुकोे जित सुनिश्चित हुदै गएको पन जिकिर गरे ।

मतदातासंगको भेटघाटका क्रममा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादवले पर्सा १ को समृद्धिका लागि फेरि पनि एक पटक सांसदमा प्रदीप यादवलाई जिताउन आवश्यक रहेको बताए । उनले जनताको हरेक सुखदुखमा प्रदीप यादव साथमा रहदै आएको भन्दै काम गर्ने नेतालाई जनताले जिताउनेमा आफु ढुक्क रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...