Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंजमा प्रदीप र विचारीको संयूक्त रोड शो

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ काे १ मा जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको घरघरै पुगेर दुवै दलका उम्मेदवारले जसपा–एमाले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार पूर्वमन्त्री प्रदीप यादव र १ को (१) मा प्रदेशसभा सदस्यको उम्मेदवार एमालेका विचारी यादव छन् । सोमबार जसपा–एमाले गठबन्धनले पर्सा १ को (१) मा पर्ने वीरगंज महानगरको ग्रामणि भेगका विभिन्न वडामा चुनावी रोड शो गरेकाे हाे ।

प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवको नेतृत्वमा वीरगंज महानगरपालिकाका वडा नम्बर १८, २०, २२ र २३ मा रोड शो गरिएको जसपा निखिल बर्णवालले वताए । वडा नम्बर १८ भवानीपुरबाट शुरु भएको रोड शो सौराहा, इनरवा, वडा नम्बर २० को हरपतगञ्ज, अपौनी, वडा नम्बर २२ को मनियारी, जगरनाथपुर , वडा नम्बर २३ को सबैठवा हुदै प्रसौनीमा पुगेर समापन भएको बर्णवालले जानकारी दिए ।

प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवको पनि सहभागीता रहेको रोड शोका क्रममा स्थानीय मतदाताले दुवै उम्मेदवारलाई भव्य स्वागत गरेका थिए । मतदाताहरुले दुवै उम्मेदवार यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागिपरेकाले यसपालि दुवै उम्मेदवारको जित सुनिश्चित भएको प्रतिक्रिया समेत जनाएकाे वताइएकाे छ ।

रोड शोका क्रममा स्थानीय मतदातासँग कुरा गर्दै जसपाबाट प्रतिनिधीसभाका उम्मेदवार एवम् पूर्वमन्त्री प्रदीप यादवले मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । आफुहरु केवल चुनावका बेला मात्र जनताको घरदैलोमा झुल्किने नेता नभई पदमा रहदा नरहदा पनि सधै जनताको माझमा रहेर सुखदुखमा साथ दिदै आएको यथार्थ जनता माझ छर्लङ रहेको उनले बताए ।

त्यस कारण मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनको पक्षमा मातदान गर्न उनले आग्रह गरे । यस्तै एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई नै मत दिन आग्रह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...